Saturday, September 24, 2022

भारतलाई मैले आफ्नो कला बेचेकी हु : मेरो देश, नेपाल आमालाई होइन – मनिषा कोइराला !


YOU MAY LIKE
MGID

काठमाडौं । बलिउड क्षेत्रमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

नेपाललाई चीनले उकासेको भन्दै आफ्नो गलत नीति ढाकछोप गर्ने प्रयासमा मोदी ग्रुप

नेपालले नयां नक्सा जारी गरेपछि भारतीय मिडियामा नेपाललाई चीनले उकासेको भन्दै बास्तवितालाई ढाकछोप गर्ने कामम तछाडमछाड शुरु भएको छ । साथसाथै विगतमा भारतले गलत नेपाल नीति अबलम्बन गरेको बहश शुरु गरिएको छ ।

आफू सत्तामा आएपछि लगातार नेपालविरोधी काम गर्दै आएका भारतीय प्रधानमन्त्री मोदीको नीतिको बचाऊ गर्दै उनका समर्थकहरुले नेपाल नीतिमा गल्तीचाहिं भएको तर सो गल्ती पहिलेकै सरकारले गरेको दावी गर्न थालेका छन् । भारतको सत्तारुढ पार्टीका नेता र सम्बद्ध रक्षा विशेषज्ञहरु नेपालको नक्सा जारी हुनुमा चीनको हात रहेको भन्दै हरेक मिडियामार्फत चीनबिरुद्ध खनिन थालेका छन् ।

यो संगसंगै अहिलेको अवस्था आउनुमा विगतमा भारतको गलत नीति जिम्मेवार रहेको भन्दै कांग्रेस आईको पूर्व सरकारबिरुद्ध पनि विजेपी समर्थकहरुले अभियान शुरु गरेका छन् । विगत छ बर्षदेखि सत्ताका रहेको भारतीय जनता पार्टीले नेपालविरुद्ध हेपाहा नीति लिएको र पटक पटक वार्तालाई समेत इन्कार गर्दै आएको कुरालाई नजरअन्दाज गर्दै नेपालको सद्भाव गुमाउनुमा कांग्रेस आईको पुरानो सरकार दोषी रहेको प्रचारबाजी विजेपी र यससंग सम्बन्धित थिंक ट्यांकहरुले शुरु गरेका छन् ।

भारतीय सेनाका पूर्व जर्नेल जीडी बक्सीले आईवीपी न्यूज च्यानलसंग कुरा गर्दै भारतले नेपालको माओवादीलाई समर्थन गर्नु नै गल्ती भएको बताए । उनले नेपालमा हिन्दूराष्ट्रलाई भारत आफैंले नष्ट गरेको भन्दै भारतको नेपालनीतिको चर्को आलोचना गरे ।

उनको आरोप लगाउंदै भने, “भारतले आफैंले गरेको गल्तीको परिणाम हो यो, कांग्रेसको जमानमा माओवादीलाई उकासिएको थियो हो त्यसैको परिणाम हो । छत्तिसगढमा माओवादीसंग लडिरहंदा नेपालमा भने माओवादीलाई समर्थन गऱ्यौं । हाम्रै गल्तीको सजाय भोगिरहेका छौं ।” उनले नेपालले नक्सा प्रकाशन गर्नु चीनको उक्साहट भएको आरोप लगाए । “नेपालको राजनीतिमा चीनले धेरै नै हस्तक्षेप गरिरहेको छ”, उनले भने ।

त्यसैगरी बिजेपीका नेता प्रेम शुक्लाले पनि सोही कार्यक्रममा प्रतिक्रिया दिंदै प्रचण्डलाई जेएनयूमा पालेर राजनीतिक रुपले प्रबलता दिएर भारतले नेपाल नीतिमा गल्ती गरेको आरोप लगाए । यी दुबैले भारतले नै माओवादीलाई हुर्काउने,बढाउने र नेपालको शक्तिमा पुऱ्याउने काम गरेको स्वीकार गर्दै आफैंले पालित पोसित गरेकाहरुबाट अहिले धोका भएको बताएका छन् ।

विजेपी नेता शुक्लले नेपालसंग भारतले सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको र भारतीय सम्प्रभुतालाई सम्मान गर्दै नेपालसंग दुईपक्षीय बार्ताबाट विवाद समाधान गरिने बताएका छन् ।

विवाद बढेपछि गोर्खा सैनिकको सम्झना

नेपालको राष्टियताको विषय आउने वित्तिकै संसरभरकै नेपालीहरु संबेदनशील हुन्छन् भन्ने कुरालाई भारतीयहरुले नबुझेका छैनन् । त्यसमाथि पनि भारतीय फौजमा भर्ती भएर भारतको सीमा रक्षामा अग्रभागमा लड्दै आएको गोर्खा फौजका ५० हजारभन्दा बढी नेपालीहरु यो विषयमा झन् बढी संबेदनशील हुन्छिन् ।

भारतले नेपालविरुद्ध हस्तक्षेप गर्दा गोर्खा फौजमा उत्पन्न हुने निराशा स्वयं भारतका लागि खतरा हुनसक्नेतर्फ सैनिक रणनीतिकारहरु संधैं सतर्क हुने गर्छन् । सन् २०१५ मा मोदी सरकारले लगाएको नाकाबन्दीताका पनि यो कुरा उठेको र तत्कालीन भारतीय सेनाका सेनापतिले समस्या समाधानमा पहल गरेको कुरा प्रकाशमा आएको थियो ।

जनरल बक्सीले सो टीभीको कार्यक्रममा नेपालसंग रगतको नाता भएको भन्दै गोर्खा सैनिकले भारतका विभिन्न लडाईंमा अग्रमोर्चामा लडेको बताएर गोर्खा सैनिकमा उत्पन्न हुन सक्ने निराशालाई कम गर्ने प्रयास गरेका छन् । उनले सन् १९४७, ४८, ६२, ६५, ७१ र कार्गिल युद्धमा भारतको सीमा रक्षाका लडेको प्रसंग उप्काउंदै नेपालीसंग रगतको नाता भएको र नेपालसंग युद्ध नगर्ने बताए ।

उनले भारतका लागि यसरी रगत बगाइदिने नेपालीहरुको सीमा जानीजानी मिच्ने र हेप्ने काम गरिएकोप्रति भने कुनै टिप्पणी गरेनन् बरु चीनले उकासेको भन्दै आफ्नो गल्तीको ढाकछोपको प्रयत्न गरे ।

मनिषा कोइरालाबिरुद्ध आक्रामक

बिजेपीका नेता प्रेम शुक्लले अभिनेत्री मनिषा कोइरालाको बयान महत्वहीन र दुभाग्र्यपूर्ण भएको भन्दै आक्रोश पोखे । बलिउड अभिनेतृ मनिषा कोइरालाले नेपालले नयां नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै सीमा मिचिनु नहुने र लिपुलेकको सीमा विवाद भारत, चीन र नेपालले मिलेर समाधान गर्नु पर्ने उल्लेख गर्दै जेठ ७ गते एउटा ट्वीट गरेकी थिइन् ।

यसैलाई लिएर भारतीय मिडियामा मनिषाविरुद्ध तल्लोस्तरमा गाली गर्ने र अपमान गर्ने प्रयास हुंदै आएको छ । मनिषाको परिवार कांग्रेस पार्टी नजिक भएको र सो पार्टी चीन निकट भएको आरोप लगाउंदै शुक्लले नेपाल भारतको मामिलामा चीनलाई ल्याउनु उचित नहुने बताएका थिए ।

यो पनि पढनुहोस्