Sunday, October 2, 2022

सिमा क्षेत्रबाट आयो यस्तो खबर………भर्खरै हेनुहेस् !


YOU MAY LIKE
MGID

जेठ ७ – नेपाल भारत सिमास्थित ठोरीको दशगजा क्षेत्रमा नेपाली भूमि मिच्दै भारतीय पक्षले बनाउन लागेको सुरक्षा पोस्ट सरेको छ । स्थानीय बासिन्दाले बिरोध गरेपछि भारतीय पक्षले बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट ३० मिटर पर सारेको हो । सोमबारदेखि ठोरी गाउँपालिका-४ विजयबस्तीस्थित दशगजामा भारतीय पक्षले वन गस्तीका लागि भन्दै टावरसहितको सुरक्षा पोस्ट बनाउन थालेपछि स्थानीयले बिरोध गरेका हुन् । निर्माण सामग्रीसहित काम थालेको भारतीय पक्षलाई स्थानीयले रोकेपछि विवश भई सुरक्षा पोस्ट सारेका हुन् ।

मंगलबार पनि सुरक्षा पोस्ट बनाउन भारतीय सुरक्षा फौज एसएसबी, बिहार प्रहरी र भारतीय वन विभागका अधिकारी आएका थिए । ठूलो संख्यामा भेला भएका स्थानीय, नेपाल तथा सशस्त्र प्रहरीसमेतको संयुक्त बिरोध र अडानपछि भारतीय पक्ष पछि हटेको हो । बिरोधपछि भारतीय पक्षले आफनै भूमिमा सुरक्षा पोस्ट निर्माण गर्ने  भएको छ । भारतीय पक्षले त्यहाँ पटक पटक सीमा अतिक्रमण गर्न खोज्दा स्थानीयहरुले बिरोध गर्दै आफनो भूमिको रक्षा गर्दै आईरहेका छन् ।

यो पनि पढनुहोस्