Friday, September 23, 2022

“सरीता गिरीले नेपालको नामै हटाउने प्रस्ताव गर्नुभएको थियो” :- भिभ रावल !


YOU MAY LIKE
MGID

काठमान्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद एवं पूर्वगृहमन्त्री भिम रावलले जनता समाजवादी पार्टीकी नेतृ सरीता गिरीले नेपालले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्न लाग्दा आक्रोस व्यक्त गरेको बताएका छन् ।

केही दिन अघि प्रतिनिधी सभा बैठकमा बोल्दै सरीता गिरीले नेपालले नक्सा सार्वजनिक गर्दा भारतसंग छलफल गर्नु पर्ने बताउँदै सरकारको निर्णयको बिरोध गरेकी थिईन् । भारतले नक्सा सार्वजनिक गर्दा नेपालसंग कुनै समन्वय नगरेको तर नेपालले नक्सा जारी गर्दा भारतसंग किन छलफल गर्ने भन्नेबारेमा सांसद गिरीमाथि आक्रोस बढिरहेको बेला भिभ रावलले सांसद गिरीमाथि प्रहार गरेका हुन् ।

ट्वीटरमा उनले लेखेका छन् “नेपालको संविधान लेख्ने बेला संविधानसभा, संवैधानिक समितीमा सरीता गिरीले नेपालको नामै हटाउने लिखित प्रस्ताव सभापति निलाम्वर अचार्य समक्ष राख्दा डा. प्रकाशचन्द्र लोहनी र मैले प्रतिवाद गरेका थियौं ।

नेपालको सबै भूभाग राखी सरकारले नक्शा प्रकाशनको कुरा गर्दा उहाँ आक्रोशित हुनुभएको छ”। सांसद गिरीले दिएको उक्त अभिव्यक्तिपछि राष्ट्रहित विपरित भएको भन्दै चर्को बिरोध भईरहेको छ । साथै उनलाई देश निकाला गर्नु पर्ने समेत माग उठिरहेको छ ।

यो पनि पढनुहोस्