Tuesday, August 9, 2022

मध्यराति लाइभमा ‘एक्लै छु, मेरो घर आऊ’ भन्दै साथीलाई बोलाउने महिला पक्राउ


YOU MAY LIKE
MGID

हिजोआज टिकटकमा रमाउने धेरै छन्, तर त्यही टिकटकमा भिडियो बनाएर भाइरल हुने एक महिला पक्राउ परेकी छन् ।साउदी अरेबियाको प्रहरीले अ श्लील भिडियो बनाएको आरोपमा महिला ताला साफवानलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा तालाले मध्यराति आफू एक्लै भएकाले घरमा आउन साथीलाई आग्रह गरेकी छन् । साथीले रातिको ३ः३० बजेको र आउन नसक्ने जवाफ दिएपछि तालाले भनेकी छन्, ‘यो त झन् राम्रो भयो, किनकि यतिबेला सबै सुतेका छन्, तिमी मेरो घरमा आएको कसैले थाहा पाउँदैनन्, मैले तिमीसँग के गरे भन्ने पनि थाहा पाउँदैनन्, हामीलाई कस्तो मजा आउला !’

भिडियो बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महिला साथीलाई नै अ”श्लील भिडियो पठाएपछि उनलाई समलैंगिकताको आरोपमा प’क्राउ गरिएको छ । साउदीमा समलैंगिकता प्रतिबन्धित छ । यी कलाकारहरूले विमानस्थलकाे भीआईपी कक्ष प्रयाेग गर्न पाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भीआईपी (अति विशिष्ट/विशिष्ट) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

चलचित्र विकास बाेर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा ४० जना कलाकारले विमानस्थलकाे भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका हुन् । बाेर्डले जारी गरेको परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेहरूमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटालगायतका रहनुभएको छ ।

बाेर्डको पत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई भीआईपी कक्ष उपलब्ध गराउनका लागि पत्राचार गरिसकेको छ । विसं २०७३ सालमा बार्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।

मेलिना र सञ्जिवको ‘ब्रेकअप’

काठमाडौं । गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । उनीहरुले केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको तस्बिर सोशल मिडियामा सार्वजनिक गरेका थिए ।

गायिका मेलिनाले सञ्जिवसँग इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि भनेकी थिइन्– ‘हामीले पहिलो लकडाउनकै बेला इञ्जेगमेन्ट गरेका हौंँ । यसै वर्षभित्र विवाह गर्दैछौँ ।’ तर, उनीहरुबीच अब विवाह होइन, ब्रेकअप भएको छ । मेलिनाले सञ्जिवसँग ‘ब्रेकअप’ भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्जनिक गरेका छन् ।

मेलिनाले फेसबुकमा लेखेका छन–

बिषय – Engagement तोडिएको जानकारी !

कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

यो पनि पढनुहोस्