Tuesday, September 27, 2022

राजनेता ओलीदेखि इतिहास निर्माता ओलीसम्म ! सच्चा कम्न्युष्ट हो भने सेयर गरौँ !


YOU MAY LIKE
MGID

सरकारले सोमबार एउटा ऐतिहासिक निर्णय गर्यो–लिम्पियाधुरा, कालपानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत ।

राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा जेठ २ मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको बुँदा न. २६९ छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिने उल्लेख थियो । नीति तथा कार्यक्रमको चारदिनमै नयाँ नक्सा तय भयो । मन्त्रिपरिषद्को सोमबारको बैठकमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नक्सा स्वीकृतिका लागि प्रस्ताव गर्नुभयो । त्यो स्वीकृत भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालपानी र लिपुलेक नेपालकै भूभाग भएकाले त्यसलाई समेटर नक्सा जारी गर्न डराउनु नपर्ने धारणा राख्दै कालापानीबाट भारतीय फौज फिर्तासमेत गर्ने बताउनुभयो । नेपालको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने र मिचेको फिर्ता ल्याउने घोषणा यसअघि प्रधानमन्त्री ओलीले गर्दै आउनुभएको थियो । भारतले लिपुलेकहुँदै मानसरोवर जाने सडक निर्माण गरेको आपत्ती जनाउँदै उक्त सडकपनि अव रोकिने बताउनुभयो । चाँडै नेपालको नयाँ नक्सा भूमी व्यवस्था मन्त्रालयले सार्वजनिक गर्दैछ, जसमा लिम्पियाधुरासम्मको चुच्चो पनि देखिनेछ ।

सन् १८१६ को सुगौली सन्धि र ब्रिटिश भारतले स्विकारेको लिम्पियाधुरा कालीको मुहान र त्रिदेशीय सीमाविन्दु भन्ने तथ्य हो । तर राष्ट्रवादी भनिएका शासक र प्रधानमन्त्रीहरुले कहिले पनि लिम्पियाधुरा पश्चिम उत्तरको सीमाविन्दु भन्न सकेनन् । उल्टै भारतीय सत्तासँग आफ्नो सत्ताको सौदा गरे । पंचायतकालमा हो वा प्रजातन्त्रकालमा, भारतीय शासकहरुसँग नेपाली प्रधानमन्त्री र सरकारहरुले राजनीतिक उद्देश्यदे मुद्दा उठाएजस्तो गर्ने तर फेरी भारतीय सत्तासँग कम्प्रोमाइज गर्ने प्रवृति नै बन्यो ।

प्रधानमन्त्री ओली फरक हुनुहुन्थ्यो । उहाँले नौमहिने प्रधानमन्त्री हुँदा देखाएको ‘स्टेटमेनसिप’ ले नेपालको स्वतन्त्र र सार्वभौम पहिचान कायम भयो । त्यसबेला भारतले लगाएको नाकाबन्दीबिरुद्ध जसरी उहाँ लड्नुभयो, त्यसमा सम्पूर्ण नेपाली जनताको शक्ति थियो । भारतीय शासकहरुले सत्ताको निरन्तरताको कार्ड फाल्दा सार्वभौमिकता र स्वतन्त्रता विनिमयका बस्तु होइनन् भन्दै अस्वीकार गर्नुभयो । केपी ओली भारतका लागि प्रिय प्रधानमन्त्री हुन सक्दैनन् किनकी उनी राष्ट्रियता र सार्वभौमसत्तामा मोलाहिजा गर्दैनन् भन्ने बुझेपछि भारतीय केही बिश्लेषकहरुले त भित्रभित्रै ओलीबिरोधी राजनीतिक शक्तिको नेपालमा खोजीसमेत थालेका थिए तर असफल भए ।

आधुनिक नेपालको इतिहासमा नभएका युगान्तकारी निर्णय ओलीले लिनुभएको छ । सन् १९५० को सन्धीको हवाला दिएर भारतले चीनसँगको सम्वन्धमा लगाएको पर्खाल भत्काउने साहसिक काम प्रधनमन्त्री ओलीले गर्नुभयो । त्यो यातायात तथा पारवहन सम्झौता थियो, जसले नेपालको तस्बीर नै बदल्यो । भारतीय प्रधानमन्त्रीहरु शक्ति हुन र उनीहरुसँग व्यवहार गर्दा नेपाल सानो भएर प्रस्तुत हुनुपर्छ भन्ने हिनग्रन्थीबाट सम्बन्ध कायम गर्न खोज्दा पाउने परिणाम अपमानको हो । ओलीले सार्वभौमिक समानताका आधारमा भारत र चीनसँग सम्वन्ध कायम गर्ने सिद्धान्त स्थापित गर्नुभयो, जसलाई स्वीकार्न भारत र चीन दुबै तयार भए । प्रधानमन्त्रीमा देश र जनताप्रति केही गर्ने जिजिविषा भयो भन्ने ऐतिहासिक उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उदारण केपी ओली हो ।

प्रजातन्त्र पुर्नस्थापनापछिका प्रधानमन्त्रीहरुको खासै उल्लेख गर्नुपरेन । बिश्वेश्वरप्रसाद कोइराला, राजा महेन्द्र, टंकप्रसाद आचार्य, किर्तिनिधी बिष्टहरुले गर्न नसकेका काम ओलीबाट सम्पन्न भए र भइरहेका छन् । नेपाली नागरिकले सम्भवत नदेखेको त्यो चुच्चो अव नेपाली नक्सामा देखिन्छ, जसलाई भारतले आफ्नो भूगौलमा समेटेको सन् १९६२ देखि हो । र, त्यसलाई शुूरुमा नजानिंदो रुपमा र पछि रणनीतिक लाभका लागि चीनले पनि स्वीकारेको हो । अर्थात दुई ठूला शक्ति भारत र चीनले मिलेर नेपालको भूभाग लुट्दा यसअघिका शासकहरु प्रत्यक्षदर्शीमात्र बने । तर ओलीले त्यो निरन्तरतामा क्रमभंग गर्नुभयो ।

ओलीले बिषयगत डिस्कोर्सहरुमा नेपालको उचाई अग्लो बनाएका दृष्टान्त थुप्रैछन् । ओली जहाँ पुग्नुहुन्छ, जुन मंचहरुबाट बोल्नुहुन्छ, त्यहाँ व्यक्ति बोल्दैन, देश बोल्छ । त्यहाँ सरकारमात्र बोल्दैन, त्यहाँ राज्य बोल्छ । ओलीले नीजि र निहित स्वार्थलाई पाइतालामुनी कुल्चेर राष्ट्रिय स्वार्थलाई शिरमाथी राख्नुभएको हो । नेपालका धेरै प्रधानमन्त्री र नेताहरु नीजि स्वार्थमा फस्नुभयो, त्यसोगर्दा राष्ट्रिय स्वार्थको नेतृत्व गर्ने नैतिक वल र साहस कहाँ रहन्छ ? किन नरेन्द्र मोदी र सी चिनफिङसँग ओलीले हाकाहाकी संवाद गर्नुहुन्छ ? किनभने त्यो उच्च नैतिकवल र आत्माविश्वा उहाँसँग छ ।

बिषयगत वहसलाई छोड्दा, तथ्यमा ओलीले गरेका कामले बनाएको नेपालको बदलिंदो छबी र दृश्यलाई कसैले अस्वीकार गर्न सक्दैन । लिम्पियाधुरा नेपालको हो भन्न समेत निकै हिम्मत जुटाउर्ने अवस्थाबाट आज लिम्पियाधुरासहितको नेपालको नक्सा तयार हुनु भनेको छलाङ हो । त्यो ओलीबाट मात्र सम्भव हुनसक्थ्यो र भयो । र, प्रधानमन्त्री ओलीलाई यो ऐतिहासिक निर्णयमा सहयोग पुर्याउनुभयो भूमि व्यवस्थामन्त्री पद्मा अर्याल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ।

बिश्व मानचित्रमा नेपालको नक्सा बदल्ने यो साहसिक ऐतिहासिक निर्णयका योद्धाहरुको इतिहास स्वर्णिम बन्नेछ ।

यो पनि पढनुहोस्