Tuesday, August 9, 2022

अनैतिक काम गर्ने जनार्दन शर्मालाई कांग्रेस नेतृत्वले फेरि अर्थमन्त्री नियुक्त गर्न मिल्छ ?


YOU MAY LIKE
MGID

काठमाडौं – नेपालको अर्थतन्त्र ध्वस्त गर्ने, कमिसन र बिचौलियालाई महत्व दिने माओवादी केन्द्रका नेता जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने चर्चा सुरु भएको छ ।

आइतबार बिहानैदेखि शर्मालाई पुनः मन्त्री नियुक्त गरिने हल्ला हावासरी फैलिएको छ । कतिसम्म भने आजै उनलाई सपथ खुवाउनेसम्मको तयारी भएको चर्चा छ । शर्मालाई पुनः अर्थमन्त्री बनाउने हल्लासँगै सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले आर्थिक अनियमिततामा डामिएका व्यक्तिलाई फेरि मन्त्री बनाउन नहुने भन्दै ध्यानाकर्षणको ओइरो लागेको छ ।

अक्षम र अनैतिक प्रमाणित भइसकेको व्यक्तिलाई कोही नभएको जसरी पुनः अर्थमन्त्री बनाउनु बिडम्बना भएको र यो घटनाले आगामी दिनमा नेपाली कांग्रेसलाई ठूलो धक्का लाग्ने विश्लेषण गर्न थालिएको छ ।

शर्मालाई अर्थमन्त्री बनाइए एमालेले चुनावमा गज्जबको एजेन्डा पाउने देखिएको छ । शर्माकै कारण अर्थतन्त्र डामाडोल भएको जगजाहेर नै छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेस र माओवादीले ठूलै धक्का बेहोर्ने निश्चित छ ।

स्थानीय तहको निर्वाचन र बजेटअघि नै शर्मालाई हटाउन व्यापक दबाब परेको थियो । स्वयं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अर्थमन्त्रीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलसमेत गरेका थिए ।

माओवादीमै पनि उनलाई अर्थमन्त्री बनाउन नहुने मत बलियो थियो । तर अहिले एमालेलाई देखाएर शर्मालाई फेरि अर्थमन्त्री बनाउने तयारी छ । बजेटमा करको दर हेरफेरमा शर्माले अनधिकृत मान्छेलाई प्रवेश गराई व्यापारी व्यवसायीको हितमा काम गरेको आरोप लागेको छ ।

कांग्रेसलाई प्रचण्डको फेरि अर्को धम्की, माओवादीलाई दोस्रो ठूलो पार्टी नबनाए ठीक हुन्न – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नेपाली कांग्रेसलाई अर्को धम्की दिएका छन् ।

अहिलेसम्म कांग्रेसको बुई चढेर राजनीतिक सफलता पाउँदै आएका प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोस्रो ठूलो पार्टी नबनाए ठीक नहुने धम्की दिएका हुन् । आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने तयारी गरेका

प्रचण्डले आफू लास्ट इनिङ्स खेल्न इच्छुक रहेको भन्दै कांग्रेसमाथि प्रेसर बनाइरहेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनका आधारमा मत आए माओवादीले देशभरबाट जम्मा आठ सिट मात्र प्रतिनिधिसभामा जित्न सक्छ ।

स्थानीय तहको निर्वाचले कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी बनेका छन् । एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले मात्र पछाडि छ । जबकि माओवादीले जम्मा १५ लाख मत पाएको छ ।

आफ्नै बलबुत्ताले देशभर १० सिट पनि जित्न सक्ने सामथ्र्य नराख्ने माओवादीका अध्यक्ष प्रचण्डको दोस्रो ठूलो पार्टी बनाइदिनुपर्ने धम्कीले कांग्रेस कार्यकर्ता र मतदाता रुष्ट बनेका छन् ।

यही ढंगले प्रचण्ड अघि बढिरहे उनी देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उठे पनि पराजित हुने निश्चित छ । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताए ।

‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो,’ उनले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन । १० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’

प्रचण्डले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको दाबी पनि गरे । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो ।

अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’ उनले एकपटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेस गर्ने आफ्नो धोको रहेको बताए । जबकि उनले सरकार चलाएका बेला देशका सबै सरकारी संगठनको हुर्मत लिइएको थियो । source:mediadabali

यो पनि पढनुहोस्