Monday, August 8, 2022

फुटपाथमा मकै बेच्ने दम्पतीमाथि कारवाही गर्दै महानगर, चलाउँदै छ यस्तो मुद्धा


YOU MAY LIKE
MGID

काठमाडौं – काठमाडौँ महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि थप कारवाही गर्ने भएको छ । नगरप्रहरीमाथि हातपात गरेको अभियोगमा उनीहरुलाई थप कारवाही हुने भएको हो ।

मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला उठाएको थियो । ठेला उठाउने क्रममा नगरप्रहरीलाई आचार्य दम्पतीले अगुल्ठोले हानेर घाइते बनाएका थिए ।

त्यही अभियोगमा उनीहरुलाई कारवाही हुने महानगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । सापकोटामा अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ ।

घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् । ‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ?,’ नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे, ‘आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’

उनहरुलाई अभद्र व्यवहार अन्तरगत मुद्धा चलाएर कारवाही गर्ने महानगरको तयारी छ ।

यो पनि पढनुहोस्