Saturday, September 24, 2022

दुखद खबर : कोरोनाबाट मृ’त्यु भएकी महिलाको शिशुमा पनि देखियो यस्तो ल’क्षण !


YOU MAY LIKE
MGID

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएकी महिलाको १२ दिने नवजात शिशुमा जण्डिस देखिएको छ । सिन्धुपाल्चोक बाह्रबिसकी २९ वर्षीया महिलाको गत बिहीबार उपचारका क्रममा ज्यान गएको थियो ।

बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतालमा भर्ना गरिएको थियो । धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गरे ।

ताम्राकारका अनुसार कम समयमा नै शिशुको जन्म भएको हो। ‘आइतवार बिहानसम्मको स्थितिमा शिशुको अवस्था सामान्य नै देखिए पनि उसमा जन्डिस देखापरेको छ’ डाक्टर ताम्रकारले भने, ‘शिशुको आइसोलेसनमा उपचार भइरहेको छ ।’

आमाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाले शिशुको पनि थ्रोड स्वाब लिइएको छ।

यो पनि पढनुहोस्