Monday, August 8, 2022

मलाई प्रेम छ!


YOU MAY LIKE
MGID

केही खास त पक्कै छ तिमीमा
मेरा हरेक ख्यालहरू तिम्रै समीप गएर ठोकिन्छन्
केही खास त पक्कै छ तिमीमा
मेरा हरेक यादहरू तिम्रै निकट भएर गुज्रिन्छन्

त्यी सूक्ष्म पलहरूको प्रत्याशा होमिन्छ यो मनमा
तिम्रो नामको आकृति बारम्बार कोरिन्छ यो मनमा
तिम्रो सानिध्य मेरो प्रेमको किरण सदा चम्किरहन्छन्
जुन प्रेमलाई म पुनः प्रेमले उमार्न, हुर्काउन र बढाउन चाहन्छु

तिम्रो असङ्ख्य अनुत्तरित भावनाहरूको खुट्किलो
एक-एक गरी चढ्न मन छ मलाई
शिखरमा पुगेर मैले हुर्काएको प्रेमलाई छरपष्ट हुने गरी पोख्नको लागि
मलाई
मलाई तिम्रो नयनहरूसँग प्रेम छ
ती नयन जहाँ डुबेर म तिम्रो दृष्टिबाट
तिम्रो दृष्टिकोणको संसार हेर्न सक्छु

मलाई
मलाई तिम्रो बोलीसँग प्रेम छ
जुन बोलीमा मेरा लागि पुकार्ने शब्दहरू छन्
ती शब्दहरूमै कैद भएर मनोहर विदित सहरमा धाउन सक्छु

मलाई
मलाई तिम्रो बिग्रेकै दाँतहरूसँग प्रेम छ
जसले तिम्रो हाँसोमा थप सौन्दर्य थपिदिन्छन्
जसले गर्दा तिम्रो सौन्दर्य बोधको मापन हटिदिन्छन्

मलाई
मलाई तिम्रो ओठसँग प्रेम छ
जहाँबाट माधुर्य बोलीहरूको प्रस्फुटन हुन्छन्
ती बोलीहरूलाई च्यापेर आफ्नो अधिनमा राख्न सक्छु

Euro
मलाई
मलाई तिम्रो लाज भरिएको हाँसोसँग प्रेम छ
मेरा बोलीहरूलाई आफूमा ढालेर तिमी महसुस गर्छौ
जसले मेरो कल्पनाको स्वर्गलाई साकर पारिदिन्छन्

मलाई
मलाई तिम्रो स्वभावसँग प्रेम छ
जसले अनेकथरी सदगुणहरूको परिभाषा गरिदिन्छन्
जसले सुपरिचित आचरणहरूको गुनगान बेरिदिन्छन्

मलाई
मलाई त तिमीमा ठिक्क सुहाउने दारीसँग प्रेम छ
जसका साना-साना केस्राहरूले
मेरो छालाका भावहरूलाई तरंगमा जोत्छन्

मलाई
मलाई तिम्रो मनसँग प्रेम छ
जुन मनमा स्मृतिको संसार पनि वास्तविक अनुहारमा परिवर्तन हुन्छ
जुन मनमा भारबोध सीत्काराले थकान मेटाउँछ
र ममताको लोकमा उचित आस्थाहरू धाउँछ

मलाई
मलाई त सिँगो तिमीसँग प्रेम छ
जुन प्रेममा म आफ्ना हरेक प्रश्नवाचक चिन्हको उत्तरहरू पाउँछु
जुन प्रेममा वास्तविक प्रेमको परिभाषा थाहा पाउँछु
जुन प्रेममा वार्तालापको माध्यमबाट मात्रै पनि
कसैको नजिक आभाष गर्न सकिन्छ भन्ने उदाहरण्हरु पाउँछु
जुन प्रेममा सानिध्य रहेका भावहरूभन्दा पनि
असामीप्य छालहरूमा रमाउन सकिन्छ भन्ने नमुनाहरू पाउँछु।

यो पनि पढनुहोस्