Monday, September 26, 2022

लिपुलेक प्रकरणमा भारतीय सेना प्रमुखले दिए हरेक नेपालीको रगत उम्लिने यस्तो बयान !


YOU MAY LIKE
MGID

काठमाडौं । लामो समयदेखि चल्दै आएको सीमा विवादलाई लिएर भारतीय सेना प्रमुख जनरल एमएम नराभनले आफ्नो धारणा व्यक्त गरेका छन् । उनले नेपाल र भारतकाबीचमा लिपुलेकको विषयमा कुनै विवाद नभएको बयान दिएका हुन् । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको दाबीलाई गलत्त बताएका छन् ।

उनले भारतले नेपालको अलिकति पनि भुभाग नमिचेको दावा गरेका छन् । उनको यो बयानले तमाम ३ करोड नेपालीहरुको मन दुखाएको छ । यस अघि भारत सरकारले लिपुलेक आफ्नो भुमि भएको बताउँदै आएको थियो । यस्को जवाफमा नेपालले पनि लिपुलेक आफ्नो भएको बताउँदै आएको छ । तर सेना प्रमुखले दिएको यो बयान भने नयाँ हो । नेपाली सेनाले लिपुलेक प्रकरणमा कुनै धारणा दिएको छैन ।

भारतका सेना प्रमुखले मनोहर पारिकर इन्टिच्युट फर डिफेन्स इस्टडिज र एनालाइसिस (एमपी–आईडीएसए) आयोजनामा शुक्रबार भारतको नयाँ दिल्लीमा ‘कोभिड र भारतीय सेनाः प्रतिक्रिया र पछाडी’ नामक छलफल कार्यक्रममा उनले यस्तो दावा गरेका हुन् । भारतीय सेनाका प्रमुख नराभनले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको र त्रिदेशीय विन्दुको विषयमा अहिले पनि विवाद नभएको स्पष्ट पारेका हुन् । भारतीय सेना प्रमुखले लिपुलेकको विषयमा कुनै विवाद नरहेको बताएको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनले भने, ‘हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं । नेपालले काली नदीको पूर्वी भागलाई आफ्नो भू–भाग भनेर स्वीकार गरेको हो । त्रिदेशीय विन्दुको सम्बन्धमा त्यहाँ अहिले पनि विवाद रहेन ।’ उनले त्रिदेशीय विन्दुमा कहिले पनि समस्या नभएको दाबी गरेका छन् । उनले कार्यक्रममा चीनकै नाम नलिए पनि चीनको इशारामा नेपालले यो मुद्दा उठाएको हुन सक्ने आशंका पनि व्यक्त गर्न भ्याएका छन् ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले उक्त सडकको एकतर्फ रुपमा नेपाललाई थाहा नै नदिईकन वैशाख २६ मा उद्घाटन गरेका थिए । त्यसपछि नेपाल सरकार पनि एक्सनमा आएर लगातार कुटनीतिक दबाब सिर्जना गर्नुका साथै विवाविद क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गर्नेसम्म पुगेको छ । अब नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्दैछ ।

यो पनि पढनुहोस्