Saturday, October 1, 2022

मन मिल्यो भने बेडसीन सम्म दिन तयार छु : नायिका उषा खनाल


YOU MAY LIKE
MGID

उषा खनाल अहिले मोडलिङमा आफूलाई व्यस्त राख्न चहान्छिन् । उनको लक्ष्य नेपाली फिल्म उद्योगमा तहल्का मच्चाउने हो । उनले फिल्मका लागि मागेको दिने बताइन् ।

‘फिल्मको कथाको न्यायका लागि जस्तो सुकै दृश्य दिन्छु ।” उषाले भनिन् । त्यसका लागि उनी बेडसीन सम्म दिन सक्छिन् ।’ उषाले डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

पछिल्लो समय व्यस्त रहेकी नायिका उषा खनालले विगत आधा दशक देखि नेपाली कला क्षेत्रमा आफ्नो कलाकारिता पस्कदै आइरहेकी छन् । चलचित्र ‘बीच बाटो’बाट फिल्मी करिएर शुरु गरेकी नायिका उषाले चलचित्र ‘लाले’, ‘खतरनाक’, ‘झमेला’ आदि चलचित्रमा आफ्नो अभिनय देखाइसकेकी छन् भने ‘बदलेकी आग’, ‘दि आर्टिष्ट’ नामक भोजपुरी चलचित्रमा पनि उनको काम देख्न सकिन्छ । मिलनसार स्वभाव, स्पष्ट व्यवहारका कारण फिल्म युनिटमा उनी सबैको प्यारो हुने गर्छिन ।

उनले दुबई, मलेशिया, युरोपको विभिन्न मुलुकमा आफ्नो खरो अपस्थिति जनाएर चर्चा बटुलिसकेकी छन् भने आधा दर्जन विभिन्न पुरस्कारबाट सम्मानित भैसकेकी छिन् ।

यो पनि पढनुहोस्