Sunday, October 2, 2022

ट्रम्प फेरि किन रिसाए : चीनसँग सम्बन्ध तोड्ने सम्मको चेतावनी, कारण यस्तो पो रहेछ !


YOU MAY LIKE
MGID

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण अमेरिका र चीनबीचको सम्बन्ध अझै तिक्ततापूर्ण बनेको छ । कोरोना संक्रमणका बारेमा चीनलाई पर्याप्त जानकारी हुँदाहुँदै पनि बेलैमा सूचना नदिएको अमेरिकाको गुनासो छ । यता, चीनले भने अमेरिकी यस आरोपको खण्डन गर्दै आएको छ । यसैसन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । 


 ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको करिब ५ खर्ब डलर बच्ने पनि बताए । ट्रम्पले २ मुलुकको बीचको व्यापारलाई यहाँ अघि सारेका हुन् । चीनबाट अमेरिकातर्फ वार्षिक ठूलोमात्रामा वस्तु तथा सामान निर्यात हुने गरेको छ । यसैकारण चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलर बराबरको व्यापार घाटा हुने गरेको छ । बीबीसी

यो पनि पढनुहोस्