Saturday, October 1, 2022

खाना खाएको फोटोको चर्चा भएपछि रबिले गल्ती स्विकार्दै मागे माफी, लेखे यस्तो !


YOU MAY LIKE
MGID

काठमाडौँ, गत सोमबार पत्रकार रबि लामिछाने, उनकी श्रीमती निकिता पौडेल सहित हास्यकलाकार दिपक राज गिरी, अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर लगायत भेला भएर खाना खाएको केहि फोटो र भिडियो सामाजिक संजाल फेसबुकको स्टोरिमार्फत सार्वजनिक भएको थियो । उक्त फोटो तथा भिडियोमा यी सबै कलाकारले अभिनेता अनुराग कुँवरकोमा खाना खाएका थिए। र सोहि बेला खिचिएको फोटो र भिडियो केहि कलाकारमार्फत सामाजिक संजालमा सार्वजनिक भएको थियो। जसमा पत्रकार रबि लामिछाने पनि देखिएपछि उनलाई धेरैले हाँसोको पात्र बनाएका थिए ।

नेपाल सरकारले दुई महिना अगाडी नै कुनै पनि भेला सम्मेलन, एक ठाउँबाट अर्को ठाउँमा नजाने तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ । सरकारको आग्रह विपरीत टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित चर्चित कलाकारहरुले एकसाथ भोजन गरेको भिडियो र तस्बिर सार्वजनिक भएपछि विवाद सुरु भएको छ । साथै उनले केहि समय पहिले टेलिभिजन कार्यक्रममा आम जनतालाइ कोरोनाबाट बच्न संदेश समेत दिएका थिए।

उनले दिएको उक्त चर्चित संदेश टिकटकमा समेत हिट भएको थियो। धेरै मानिस अरुलाई उपदेश दिनेले आफुले पनि उपदेशको पालना गर्न सक्नुपर्छ भन्दै रबिमाथि खनिएका थिए। यसबारे रवि लामिछानेले बुधवार सामाजिक सञ्जालमा एक स्ट्याटस सार्वजनिक गर्दै माफी मागेका छन्। उनि लेख्छन्, ”खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन, रमझमपनि होइन, सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन। अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा, महत्त्वपूर्ण सल्लाह र छलफल सकेपछि घर भित्रै ६/८ जना मात्रै भएको स्थानमा पाकेको/पकाएको खाना खाएका हौ।

हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज, भतेर वा जमघट गरेका होइनौ। काम पछि, छलफल सकिए पछिको सामान्य खाना हो,साथीले श्रद्दाले पस्केर दिएको खाना। रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हासियो, गल्ती चाहिँ आवश्यक दुरि कायम गरिएन। भएको चाहिँ यत्ति हो।अस्तिबाट संक्रमितको संख्या बढेपछी हिजो कै कार्यक्रममा आफ्नै आलोचना गरेको छु।

लकडाउनको शुरूवातका दिनमा जस्तो होसियार भैएन, हेलचेक्राइ गरियो, आज बाट म त सचेत हुन्छु, तपाइ पनि सजग हुनुहोस् भनेको छु। सायद जसलाई माया गरिन्छ उसैबाट अपेक्षा गरिन्छ त्यसैले अन्यथा पटक्कै लिएको छैन। सबै आलोचनाहरुलाई स्विकार्दै आगामी दिनमा अझै बढी जिम्मेवार, सजग र सचेत हुने प्रयास गर्नेछु।आजपनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म स्टुडियो भित्र थिए। काम बाट ब्रेक लिएर आजपनि साथीहरूसँगै खाना खाएको छु, तर भोज वा पार्टी गरेको छैन, होइन । धन्यवाद !”

यो पनि पढनुहोस्