Tuesday, September 27, 2022

वडाध्यक्षले महिलालाई राहत लिन बोलाएर भोट नदिएको भन्दै….यस्तो भनेपछि


YOU MAY LIKE
MGID

महोत्तरी । लोहारपट्टी नगरपालिकाका–८ का वडाध्यक्ष रामबाबु यादवले राहत लिन बोलाएर दुर्व्यवहार गरेको एक महिलाले आरोप लगाएकी छन् । राहत दिने भनि बोलाएर लिन गएका बेला भोट नदिएको भन्दै वडाध्यक्ष यादवले आफूमाथि अपशब्द प्रयोग गरेको स्थानीय सुनैना देवीले आरोप लगाएकी हुन् ।

सुनैनाले राहत वितरणको लिस्टमा नाम भएको भन्दै जनप्रतिनिधिले नै बोलाएको र राहत लिन जाँदा मत नदिनेलाई राहत नदिने भन्दै अपमानजनक शब्द प्रयोग गरेको बताएकी छन् । उनले आफूलाई गालिगलौज गर्दै वडाध्यक्षले हात समाएर बाहिर निकालेको समेत बताएकी छन् ।

सुनैना भन्छिन्, ‘पहिला राहत दिन्छु भन्दै बोलाइयो, गइसकेपछि अपशब्द प्रयोग गर्दै तिमीले भोट दिएको छैनौँ, राहत दिन्न भन्दै घसिटेर बाहिर पठायो ।’ उनी आफूलाई वडाध्यक्षले अपमान गरेको भन्दै मानहानीको जाहेरि दिन प्रहरी समक्ष पुगेकी छन् । यसअघि पनि नगरपालिकाले म्याद गुज्रेको साबुन बाँढेर विवादमा आइसकेको छ ।

यो पनि पढनुहोस्