Saturday, September 24, 2022

सिमानामा हजारौं नेपाली खुला आकाशमुनी अलपत्र, सरकार कहाँ छ ?


YOU MAY LIKE
MGID

काठमाडौ । अब त अति भयो । बोल्न र लेख्नपनि आफैलाई लाज लाग्न थाल्यो । यति दुखद दृष्य देखिन्छ । तस्विर खिच्नुपर्ने हुन्छ । र त्यसैलाई शब्दमा उतार्नुपर्ने हुन्छ । मन सारै भारी हुन्छ ? यस्ता दृष्य र समाचारका शब्द पढ्दा राज्यको निकायमा प्रतिनिधित्व गर्ने ती अधिकारीको मन किन दुख्दैन होला ? यसैले त भन्न मन लाग्छ खै राज्य कहाँ छ ?

कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण बढिरहेका बेला भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । दशगजामा अब त हज्जारौ नेपालीहरु खुला आकाशमुनि बसिरहेका छन् । उनीहरु रुखको फेदमा ओत लागेर बसिरहेका दृष्य देखिन्छन् । अस्थायी टेन्टको व्यवस्था गरिएको भएपनि पटकपटक हावाहुरीले उडाउदै आएको छ । कपिलवस्तु नजिकका सिमाहरुमा ३ दिनदेखि करिब ७ सय नेपाली फसिरहेका छन् । केहीलाई सामान्य टेन्टमा भीडमा राखीएको छ । लामखुट्टेको बिगबिगी रहेकाले फसेकाहरुलाई डेंगीको समेत संक्रमण हुने समस्या देखिएको छ । नेकपा ५ नम्वर प्रदेश कमिटि सदस्य मिर्जा अरशदले बेगले सिमामा अलपत्र परेकालाई क्वारेन्टाइनको व्यवस्था नगरेकाले भागेर गाउँपस्ने सम्भावना रहेको बताए ।

सीमामा फसेकाहरुको परिवारहरु उनीहरुलाई खाना पुर्‍याउन आउन जाने क्रम चलिरहेकाले कोरोनाको संक्रमणको खतरा उच्च रहेको मिर्जाले बताए । भारतको बढनी र कृष्णनगर लक्ष्मीनगर बीचमा ५० जना स्थानिय सिमामा नै अलपत्र परेको र यो समस्याको तत्काल समाधान नगरे फसेकाहरु भागेर गाँउ पस्ने डर छ । सीमामा फसेकाहरु भारतको रेड जोनबाट फर्किएकाहरु रहेका हुन् । कपिलवस्तुमा ५ जनाको कोरोनाको संक्रमण पुष्टि भएको छ । हाल नेपालमा संक्रमितको संख्या ११० पुगेको छ ।

सयौं नेपालीहरु सीमामा फसिरहदा उनीहरुले सरकार रहेको महसुस गर्न पाएका छैनन् । उनीहरुलाई न क्वारेन्टाइनको व्यवस्था छ नत स्वास्थ्य परीक्षणको नै । अलपत्र परेका र उनीहरुका परिवार ओक्रोशित हुँदा सुरक्षाकर्मीहरुसंग टक्करको अवस्था सृजना हुने देखिएको छ । उनीहरुले भनिरहेका छन् क्वारेन्टाइनको व्यवस्था गर सरकार । तर यस विषयमाा माथिल्लो निकायबाट कुनै आदेश नआएको सुरक्षाकर्मीहरुले बताउँछन् । माथी भने रमिता हेरेर बसेका छन् ।

यो पनि पढनुहोस्