Monday, September 26, 2022

अरु नेता पार्टीको गुटबन्दीमा लागे जनार्दनले जनतालाई कोरोनाबाट बचाउँन चमत्कार गरिदिए !


YOU MAY LIKE
MGID

काठमाडौ । सोच भएको नेताले नेतृत्व गरेमा कायापलट हुँन समय नै लाग्दैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अरु नेता पार्टी भित्र खिचातानी ल्याउँन गुटबन्दीमा लागे तर नेकपाका स्थायी समिति सदस्य तथा पूर्व गृह मन्त्री जनार्दन शर्मा प्रभाकर भने जनताकै सहभागीतामा चमत्कारीक कार्य गर्न लागे । उनको पहलमा रुकुमको मुसिकोटमा कोरोना उपचारको लागि अस्पताल (आइसोलेसन) भवन नै तयार भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा प्रभाकरुले कोरोना महामारीको नियन्त्रणका लागि मुसिकोट नगरपालिका रुकुममा सम्पूर्ण सुविधा सहितको प्रीफ्याब आइसोलेसन भवन नै तयार भएको जानकारी दिए ।

यसअघि रुकुम पश्चिम आठविसकोट नगरपालिकामा समेत सुविधा सम्पन्न अस्पताल (आइसोलेसन) भवन तयार भइसकेको थियो । चिनियाँ शैलीमा निर्माण भएको आईसोलेसन भवन १० दिनमा निर्माण भई सञ्चालनमा आइसकेको छ । नेकपाका नेता प्रभाकरले संघीय सरकार र प्रदेश सरकारको नजर नपुगेको मुसिकोटमा आइसोलेसन वार्ड निर्माण गरिएको बताए । उनले जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिने बताए ।

मुसिकोटमा १२ बेडको भवन निर्माण गरिएको हो । यो भन्दा पहिले आठविसकोटमा १५ बेडको आइसोलेसन निर्माण गरिएको थियो । आइसोलेसन कक्षमा विरामीका लागि सुविधा सम्पन्न कोठा, स्वास्थ्यकर्मीका लागि छुट्टै वार्ड, तथा जनरल वार्ड र आइसियू वेडको व्यवस्था रहेको छ । यो स्थानीयको सहयोग र पहलमा नै भएको काम हो । जुन राज्यले हेरोस् ।

यो पनि पढनुहोस्