Monday, September 26, 2022

महरा सरसँग अब मेरो सम्बन्ध पहिलेजस्तै सुमधुर हुन्छ : रोशनी शाही


YOU MAY LIKE
MGID

[pl_row 0=””]
[pl_col col=”12″]
[pl_text 0=”” ele_bg_hover_delay=”400″]

पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् । शाहीमाथि ब लात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ गते असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।


महरा सरले न्याय पाउनुभएको छ मैले पनि न्याय पाएकी छु, नयाँ पत्रिकासँगको फोन सम्पर्कमा शाहीले भनिन् जसले दुख दिन खोजेका थिए उनीहरु आज पराजित भएका छन् । तपाईंकै कारण उहाँले दुख पाउनु भएको होइन र भन्ने प्रश्नमा उनले भनिन् मैले होइन राज्यले हो उहाँलाई दुख दिन खोजेको । अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् ।


रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् । अस्वस्थ थिएँ मलाई नै थाहा छैन कि मैले कसरी त्यो कुरा बोलेँपछि मैले होइन भन्दा भन्दै त्यही कुरालाई आधार बनाएर उहाँ माथि मुद्दा दर्ता गरियो रोशनीले भनिन् षडयन्त्र यसैमा थियो । 

यो घटनापछि आफ्नो पारिवारिक जीवन भाँडभैलो भयो भनेर निकै ठूलो अफवाह फैलाइएको भन्दै उनले आफू महिलाहरुबाटै पीडित भएको बताइन् ।महरासँग आफ्नो राम्रो सम्बन्ध रहेको रोशनीले बताइन् । अरुले लगाइदिएका र फसाएका कुरामा आफू नलाग्ने बताउँदै उनले भनिन् हाम्रो सम्बन्ध पहिले जस्तो थियो अब त्यस्तै रहन्छ ।


महरा रोशनी प्रकरणम महिनौ जेल बसेर अहिले सफाई पाएका छन । उनलाई स्वागत गर्न धेरै कार्यकर्ताहरुको निकै भिड रहेको थियो । उनलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।

[/pl_text]
[/pl_col]
[/pl_row]

यो पनि पढनुहोस्