Saturday, September 24, 2022

विदेश काम गर्न गएपछि श्रीमानले छोडे ! मलाई विहे गर्न केटा चाहियो ?


YOU MAY LIKE
MGID

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो ।

हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो ।

त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू । किन र तिमी पनि जाऊ न इजरायल !

अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ ।

किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ ? हामीले कहिले आफ्नो घर बनाउने ? सधैँ यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न ! श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो ।

आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो ।सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल ।इजरायल

आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ ।

नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र ? आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ । फर्केर फेरि के गर्ने ? श्रीमान्मा मैले धेरै पैसा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो ।

मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुनाले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो । महिना शुरु हुन पाउँदैन थियो कि श्रीमान्को लिस्ट आइहाल्दथ्यो ।

म कहिलेकाहीँ भन्ने गर्दथेँ जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी, त्यो त पूरा गरौँ । यसरी फाल्तु खर्च किन गर्ने ? तिमी तीनचार वर्ष बसिहाल्छ्यौ, हाम्रा योजनाहरू पूरा गर्न पैसा त भइहाल्छ नि, ….।मैले अब पैसा पठाउँदा श्रीमानलाई भन्न थालिसकेकी थिएँ पैसा बचत गर्नु ल भनेर । एक दिन श्रीमान्ले फोनमार्फत् मलाई भन्नुभयो, साथीहरूले मिलेर एउटा १० + २ सम्म पढाई हुने स्कूल चलाउने रे । हामीलाई पनि पैसा हाल्न भनेका छन्, तिमी त्यहाँबाट ऋण गरेर भए पनि मलाई १० लाख पठाइ देऊ न ।

स्कूलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भइहाल्दछ नि, अनि त दुःखका दिन सकिन्छन् कि । मलाई पनि कुरा राम्रै लाग्यो, साथीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो ।

मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो । ११ महिनाको तलव थापेको पनि थिइनँ, श्रीमान्को फोन आयो- स्कूलको क्यन्टिनमा आफँ लगानी ग¥यो भने त अझ बढी आम्दानी हुन्छ, फेरि यताउता गरेर एकमुुष्ट पैसा पठाइ देऊ न ।

सबैभन्दा नजिकको सम्बन्ध भएको श्रीमान्माथि मैले कसरी शङ्का गर्ने ? मैले होला भनेर फेरि ऋण गरेर छ लाख पठाइदिएँ । फोनबाट कुरा गर्दा छोराछोरी सासूससुरा सब खुसी नै भएको मैले महसुस गरेकी थिएँ । स्कूल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस् अब त नेपाल फर्किएपछि त आफ्नै स्कूल ।

यो पनि पढनुहोस्