स्तन आकर्षक बनाउन युवतीहरु अपनाउँछन् यस्तो तरिका !

घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्त”नलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्य सँग आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै यसलाइ बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ ।

क्रिम प्रयोग गरेर यसलाइ वा मुन्टोको मालिसले यसकाे आकार बढ्ने दाबी गरिए पनि यसले स्थायी रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ तर त्यसले स्तनको कपको आकार लाई परिवर्तन गर्दैन ।

विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । त्यसबाहेक यसको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ । शल्य चिकित्सा गरेर यसको आकार बढाउन सकिन्छ । तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ । तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । याे कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो ।

यसलाई आकर्षक देखाउने अन्य उपाय जस्तै थुनचोली ब्राभित्र कपडा कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्तनलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । महिलाहरुले आफुलाई स्वस्थ र फिट राख्नको लागि निकै मेहनत गर्छन । तर आफ्नो स्त”नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिदैन ।

स्तन मसाजमात्रै यौ”न सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ । जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि मसाज गर्नु आवश्यक छ । कहिलेकाहीं स्त”नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन ।

पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ । बदामको तेल तिलको तेल जोजोबा आयल वा क्यास्टर आयलले मसाज गर्नु बढी फाइदाजनक हुन्छ । यस्तै नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त”न माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने तातो तौलिया राखेर हल्का तातो गनुहोस् ।

मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ । साधारणतया आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुराहरुमा तन्तुको मात्रा पारिवारिक इतिहास उमेर तौल बढ्नु वा घट्नु, स्त”नको छालाको मोटाइ वा तन्किन सक्ने गुण रागरस हर्मो हरूको

प्रभावको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । यति नै भन्ने छैन तर १० मिनेट हरेक दिन सुत्नु भन्दा पहिले माड्नु लाभदायक हुन्छ । माड्दै सम्पर्क गर्दा पनि धेरै कुराको लाभ हुन्छ । एजेन्सीको सहयोगमा

यो पनि जब कसैमा प्रेम-भाव जाग्छ — प्रेम संसारमा सबैभन्दा मिठो अनुभूति हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाँच्छन् । हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने अपेक्षा पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने चाहन्छौं । तर, कसैले आफुलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने ? त्यसका संकेतहरु के हुन् ?

पक्कै, जब कसैले आफुलाई पनि माया गर्छ भने त्यसका केहि संकेतहरु देखिन्छ । यस्ता संकेतका आधारमा हामीले निक्र्यौल गर्न सक्छौ कि, उसले आफुलाई कति माया गरिरहेको छ भन्ने कुरा ।

सामिप्यता खोज्ने – जसलाई हामी मन पराउँछ, उनी पनि आफ्नो नजिक हुन खोज्छ भने यसलाई ग्रिन सिग्नलको रुपमा बुझे हुन्छ । जब कसैसँग भावनात्मक सम्बन्ध प्रगाढ हुँदै जान्छ, शारीरिक रुपमा पनि नजिकिन खोजिन्छ । उनकै आसपासमा बस्न खोजिन्छ । उसकै सामिप्यता खोजिन्छ । यसका लागि बहाना अनेक हुनसक्छ । कुनै न कुनै रुपमा कोहि आफ्नो निकट रहने प्रयास गर्छ भने उसले आफुलाई माया गरिरहेको छ भनेर बुझे हुन्छ ।

सम्पर्कमा रहन खोज्ने – जब कसैले आफुलाई पनि मन पराउँछ भने, उनी हरक्षण सम्पर्कमा रहन खोज्छन् । कुनै न कुनै बहाना गरेर बोल्न चाहन्छन् । अहिले त मोवाइल फोन, फेसबुक जस्ता माध्यामहरु छन्, जसले सम्पर्क स्थापित गर्न सहज बनाइदिएको छ ।

यदि कसैले आफ्नो बारेमा निजी चासो राख्छ, दुखसुख सेयर गर्छ, सामान्य कुरामा पनि बातचित गर्न खोज्छ भने, बुझौं उनको मनमा आफ्नो प्रेम अंकुराउन थालेको छ ।

सहयोग गर्न तत्पर – जब कसैले चाहन्छ, मन जित्ने अनेक उपायहरु खोजिरहन्छ । सानोतिनो कुरामा पनि सहयोग गर्न अग्रसर हुन्छ । उनीहरुले यो देखाउन चाहन्छ कि तपाईको लागि उसलाई कति चिन्ता छ ।

हँसाउने प्रयास गर्ने – तपाईंको प्रेममा परेको व्यक्ति सँधै तपाईंको ओठमा हाँसो देख्न चाहन्छ । उसको कुरामा तपाईं हाँसिदिनुभयो भने उसलाई त्योभन्दा ठूलो खुशी अर्को केही हुँदैन । कहिलेकाहीँ तपाईंलाई हँसाउने चक्करमा फाल्तु जोक वा बेअर्थी कुरा पनि बोलिदिन सक्छ । तर, यस्ता कुरामा पनि तपाईं मुस्कुराईदिनुभयो भने उनी मख्ख पर्छ ।

तपाईंको रुची नै उसको रुची – तपाईंसँग प्रेममा परेपछि उसका रुचीहरु बदलिन्छन् । अब तपार्इंंको रुचीलाई नै उसले आफ्नो रुची सम्झिन्छ । तपाईंलाई मन पर्ने गीत, फिल्म, किताब अब उसलाई पनि मन पर्न थाल्छन् ।

अरुलाई होइन, आफैलाई बदलौं – अहिले कोरोना महाव्याधिले सर्वत्र सन्त्रास फैलाएको छ । यतिबेला यो संक्रमणबाट बच्ने सर्वोत्तम विकल्प भनेको भौतिक दूरी र मास्कको प्रयोग नै हो । यो ज्ञान अधिकांशलाई छ । तर, हामीमध्ये धेरैजसो अनुशासित ढंगले यी कुराहरु पालना गरिरहेका छैनौं । हाम्रो प्रवृत्ति के छ भने यो सबै काम अरुले गर्ने हो । फलानोले मास्क लगाएन, फलानोले भौतिक दूरी कायम गरेन भनेर औल्याउँछौं । जबकि हामी आफै भने यस्तो सतर्कता अपनाउन कन्जुस्याँई गरिरहेका हुन्छौं ।

आम प्रवृत्ति हो, अरुलाई बदल्न खोज्ने तर आफुलाई भने नबदल्ने । यसै सन्दर्भमा यहाँ एउटा दृष्टान्त दिइएको छ ।एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य–चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने सबै कुरा हरियो हुनुपर्छ ।’

राजाले आफ्नो आसपासका सबैकुरा हरियो बनाउन लगाए । कपडा हरियो लगाउन थाले । उनले प्रयोग गर्ने सरसामाग्री हरियो बनाइयो । कतिसम्म भने, उनले खाने खाना पनि हरियो बनाइयो ।

एक पटक त्यही बाटो भएर एक साधु हिँडिरहेका थिए । उनले राजाको दरवारमा हरियो नै हरियो देखे । आखिर उनले मन थाम्न सकेनन् । र, त्यसबारे जिज्ञासा राखे । तब, राजा बिरामी भएको उनले थाहा पाए र सो बाट मुक्त हुनका लागि हरियो रंग सर्वत्र प्रयोग गरिएको थाहा पाए ।

उनी राजाकहाँ पुगे र भन्न थाले, ‘महाराज, तपाईं कुन कुन कुरालाई हरियो रंगमा बदल्नु हुन्छ ? हरेक चिजलाई बदल्न संभव छैन ।’ राजाले सोधे, ‘त्यसो भए के गर्ने त ?’ ‘हरेक चिजलाई हरियो रंगमा बदल्न संभव छैन’ साधुले सुझाए, ‘बरु राम्रो त यो हुन्छ कि, हरियो चस्मा लगाउनुहोस् । तपाईंले देख्ने सबै कुरा हरियो देखिनेछ ।’

यो कथाको मर्म मननयोग्य छ । हामी आफ्नो अनुकुलता अनुसार सबै कुरा खोज्ने गर्छौं । आफुलाई केन्द्रमा राखेर हरेक कुराको मूल्यांकन गर्छौं । यो त्यस्तो हुनुपर्छ, यो यस्तो हुनुपर्छ भनेर अपेक्षा गर्छौं । फलानोले यसो गरे हुन्थ्यो, फलानोले यसो नगरे हुन्थ्यो भन्ने लाग्छ । वास्तवमा हरेक मान्छेको आफ्नै मानविय स्वभाव एवं प्रवृत्ति हुन्छ । गुण र अवगुण हुन्छ । उनीहरुलाई हामी आफु अनुकुल बदल्दै जान सक्दैनौं ।

बरु आफुलाई बदल्ने हो । जब आफुलाई बदल्छौं, संसार आफ्नो अनुकुल देख्छौं । सबै आफन्त देख्छौं । सबै मित्रवत् देख्छौं । सबै कुरा सकारात्मक देख्छौं । हामी जब परिवर्तनको कुरा गर्छौं, जब प्रगतिको कुरा गर्छौं, जब क्रान्तिको कुरा गर्छौं । यसका निम्ति अरुलाई अगाडि सार्छौं । फलानोले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, यसो गरे हुन्थ्यो, त्यसो गरे हुन्थ्यो भन्ने सोच्छौं । तर, हामी आफुमाथि कुनै प्रश्न गर्दैनौ । आफुलाई बदल्ने कुरा नै सोच्दैनौ । जबकी संसार बदल्नु छ भने, हामी आफै बद्लिनु आवश्यक छ ।

प्रत्येक व्यक्ति उसले जस्तो चाहन्छ, त्यस्तै रुपमा बद्लिन सक्छ । अरुलाई बदल्न जति असहज वा असंभव हुन्छ, आफुलाई बदल्न उत्तिनै सहज हुन्छ । अरुलाई राम्रो बनाएर संसार राम्रो देखिने होइन । आफु राम्रो भएपछि संसार राम्रो देखिने हो । अर्थात बस्तुलाई आफ्नो रुची अनुरुपको रंगमा बदल्ने होइन, बरु आफ्नो हेराई बदल्ने हो ।

हामी अक्सर गुनासो गर्छौं, ‘फलानोले यसो ग¥यो, उसो ग¥यो ।’ अर्काको व्यवहार र विचारबाट हामी कहिले खुसी त कहिले दुखी भइरहेका हुन्छौं । धेरैजसो त हामी अरुबाट बढी अपेक्षा राख्छौं । अरुलाई आफु अनुकुल बनाउने प्रयास गर्छौं । अरुले के गर्छ, के भन्छ, के सोच्छ, त्यसमा सरोकार राख्छौं । हो, यही कुराले हामीलाई दुखी तुल्याउँछ । निरास तुल्याउँछ । किनभने संसारमा कुनैपनि व्यक्ति हामीले सोचेजस्तो हुन सक्दैन ।

हामी आफुलाई जसरी सोच्छौं, उसले पनि उसको जीवनलाई त्यसैगरी सोचेको हुन्छ । उसको निम्ती हामी अनुकुल हुन सक्दैनौ भने अरुबाट हामीले किन त्यस्तो अपेक्षा राख्ने ? अब हामी आफैलाई बदलेर हेरौं । सबै कुरा राम्रो देखिनेछ । सबै राम्रो लाग्ने छ । हामी के कुरामा जोड दिन्छौं भने, मेरो सबै समस्याहरु सल्टाउन पाइयोस् । मेरो समस्या सबैले बुझे हुन्थ्यो । मेरो समस्या समाधानका लागि सबैले सहयोग गरे हुन्थ्यो ।

अब यही कुरा हामी अर्काको आँखाबाट हेरौं । फालनोको समस्या मैले बुझिदिनुपर्छ । फलानोको समस्या समाधानका लागि मैले पहल गरिदिनुपर्छ । हो, यो ढंगले हामी कहिल्यै सोच्छौं ।

हामी सधै आफुलाई केन्द्रमा राखेर सोच्छौं । त्यही कारण अरुबाट हामी केही न केही अपेक्षा गरिरहेका हुन्छौं । तर, अरुको पनि आफ्नै समस्या हुन्छन्, आफ्नै अप्ठ्यारा हुन्छन् । उनीहरुलाई आफ्नै समस्याले घेराबन्दीमा पारेको हुन्छ । त्यस्तो अवस्थामा हामी आफ्नो मात्र कुरालाई महत्व दिएर सोच्नु बेकार हुन्छ ।

हाम्रो नराम्रो बानी भनेको, अरुलाई दोष दिने हो । आफ्नो काम ठिक ढंगले सम्पन्न भएन, आफुले सोचेजस्तो सबैकुरा ठिकठाक भएन भने हामी अरुलाई दोष दिन्छौं । अरुप्रति नकारात्मक धारणा बनाउँछौं । तर, हामी आफ्नो लागि हामी आफै दोषी हुन्छौं ।

संसारका सबै मानिसको व्यवहार, बुझाई, हेराई एकनास हुँदैन । मैले जुन कुरालाई राम्रो देखें, त्यो कुरालाई उसले पनि त्यही दृष्टिले हेर्नुपर्छ भन्ने छैन । मैले कुनैपनि कुरालाई जसरी बुझें, त्यो कुरालाई उसले पनि त्यसरी नै बुझ्नुपर्छ भन्ने छैन । तर, हामी के चाहन्छौं भने, मैले जे देखें, जसरी बुझें त्यही अनुरुप अरुले पनि बुझ्नुपर्छ । यो गलत धारणा हो ।

मानिसको सोंच, सोच्ने तह, धरातल अलग हुन्छ । हामीले त्यसलाई बदल्न सक्दैनौं । आफुलाई बदल्ने एउटै कडी भनेको आफु सकारात्मक रहने हो । सबैप्रति समान दृष्टिकोण र धारणा राख्ने हो ।

संसारमा कोही पनि कहिले पनि पूर्ण हुन सक्दैन । तर, अपूर्ण हुँदैमा निरास हुनुपर्ने केही छैन । अपूर्ण हुँदैमा सबै कुरा तहसनहस हुने पनि होइन । जे, जति उपलब्ध छ, त्यसैमा रमाउनुपर्छ । जे छ, त्यसमै सन्तुष्ट गर्नुपर्छ । सबै कुराप्रति सकारात्मक दृष्टि र सोंच राख्नुपर्छ । यसले हामीलाई कहिल्यै दुखी हुन दिनेछैन । अनलाइन खबरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here