काठमाडौ / एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घटनाको रहस्य पुलिसले सुल्झाएको छ । घटनामा संलग्न पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो ।

श्रीमानको जीवन लिएपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् । जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा निद्राको औषधी दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् ।

पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औषधी खुवाएर निदाएको अवस्थामा जीवन लिइन् । यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ ।

अनलाइनमा कल गर्ल खोज्दा एक युवक यसरी लुटिए ! काठमाडौं । एक पुरुष कल गर्लका नाममा नराम्रोसँग लुटिएका छन् । भारतको राजधानी नयाँ दिल्लीको नोएडामा अनलाइनमार्फत कल गर्ल प्रदान गर्ने नाममा त्यसरी फसाइएको हो । जानकारी अनुसार त्यहाँका एक ३० वर्षीय व्यक्तिलाई कल गर्लका नाममा १६ हजार रुपैयाँ ठगिएको समाचार बाहिर आएको छ ।

ति युवकले यस सम्बन्धमा दुई व्यक्तिको बिरूद्ध प्रहरीमा उजुरी पनि दिएका छन् । प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार पीडित मूल रुपमा लखनऊको सेक्टर–३९ प्रहरी चौकी क्षेत्रमा बस्छन् । ६ नोभेम्बरमा कल गर्लका लागि उनले एक युवकसँग अनलाइनबाट सम्पर्क गरेका थिए ।

उक्त युवकले प्रहरीलाई बताए कि १६ हजार रुपैयाँमा कल गर्ल उपलब्ध गराउने कुरामा सहमति भएपछि उनीहरुबीच भेट गर्ने कुरा भएको थियो । भेट्नका लागि उनलाई बोटानिकल बगैंचा मेट्रो स्टेशनमा बोलाइएको थियो । मेट्रो स्टेशनमा पुगेका युवकलाई १६ हजार रुपैयाँमा सहमति गराउने दुई जना सेतो स्विफ्ट कारमा त्यहाँ आएका थिए ।

युवकले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘उनीहरूले मसँग १३ हजार ६०० रुपैयाँ नगद र २ हजार ४०० अनलाइन लेनदेनको माध्यमबाट लिएका थिए ।’ दुई जनाले युवती एकछिन्मा आउँछिन् एकछिन यतै बस्नु भनेर त्यहाँ छोडेर गएका थिए । तर उनले लामो समय पर्खदा पनि त्यहाँ कोही कल गर्ल आइनन् ।

ति युवकले आरोप लगाए कि लामो समयसम्म कुर्दा पनि जब कोही आएन् तब उनले आफ्नो १६ हजार रुपैयाँ फिर्ता लिने विचारमा पुगेका थिए । युवकले आफ्नो पैसा फिर्ता लिनको लागि सम्पर्क गर्न खोजे तर सम्पर्क हुन सकेन । त्यस पछि उक्त युवकले सेक्टर–३९ प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

यस सम्बन्धमा प्रहरीले भारतीय द’ण्ड विधानको धारा ४०६ (फौजदारी धोका) अन्तर्गत मुद्दा दायर गरेको छ । सेक्टर–३९ चौकी प्रभारी आजाद सिंह तोमरले भने, ‘हामीले मुद्दा दर्ता गर्यौं र सन्दिग्धको खोजी गरिरहेका छौं । उजुरीकर्ताले केवल सन्दिग्धहरूको कार नम्बर याद गरे र यसको आधारमा हामी कार पत्ता लगाउन प्रयास गरिरहेका छौं ।’ यद्यपि वरिष्ठ पुलिस अधिकारीहरूले भने कि यो कुरा निकै जटिल छ ।

अतिरिक्त प्रहरी उपायुक्त (जोन–१) कुमार रणविजय सिंहले भने, ‘यस्तो देखिन्छ कि पीडितले सन्दिग्ध व्यक्तिहरूसँग सम्पर्क गरिसकेका छन् र उनीहरूसँग पहिले पनि काम गरिसकेका छन । यस विषयको अनुसन्धान भइरहेको छ र हामी यस बारे थप जानकारी संकलन गर्दैछौं ।’

यसरी लकडाउनका बीचमा कल गर्न खोज्नका लागि एजेन्ट खोजिरहेका उनी नराम्रोसँग फसेका हुन् । यदि तपाईं पनि यस्तो काम गर्ने सोच्दै हुनुहुन्छ भने कृपया एकपटक अवश्य ठन्डा दिमागले सोच्नुहोला । माथि उल्लेख गरिएको सबै रकम नेपाली रुपैयाँ अनुसार हो । यो कुरामा कोही पनि भ्रममा नपर्नुहोला । Source: Janaboli.com

यो पनि प्रेमी संगको त्यो पहिलो रात – उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र । त्यो एक रात अनि एउटाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि ।

फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै उनि मेरो र म उनको भइसकिएको थियो । उनका तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि । माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ? बस यहि खुल्दुलीमा २ दिन बितेका थिए । हिउदको बेला तराईमा खासै बर्सात हुदैन, तर त्यो समयमा भने लगातार ३ दिनसम्म पानी पर्यो, बिजुलीका पोलहरु ढले, टेलिफोन सेवा अवरुद्ध भयो ।

कहाँ के – कति क्षति भयो जानकारी लिन रेडियो सम्म थियो घरमा, लाईट नभएकाले टेलिभिजन चल्ने कुनै सम्भावना थिएन । दियोको सहाराले सबै काम सकेर खाना खाईवरी आफ्नो ओछ्यानमा पल्टिएको मात्र थिए झलल बत्ति आयो । २ दिनदेखि बन्द मोबाइल चार्ज गर्न मलाई चपेटो नै पर्यो ।

मोबाइल चार्जमा राखेर फेसबुक खोले, म्यासेन्जरमा ९९ प्लस म्यासेज भनेर रेडक्रसको जस्तो रातोप्ल्स देखाएको रहेछ । मैले अरुको म्यासेज हेर्ने कुरै भएन, हेरुँ पनि किन रु उनको म्यासेज गनेर साध्य थिएन, अन्तिम म्यासेजबाट पढ्न सुरु गरे, उनको अन्तिम सन्देश यस्तो थियो । ‘तिमी कुन अवस्थामा छौ मलाई कुनै जानकारी छैन, तिम्रो बस्तीमा बाढी पसेको खबर संचारमाध्यममार्फत थाहा पाए । काली तिमी छिट्टै अनलाइन आउ न, म ४८ घण्टादेखि तिम्रै प्रोफाइल हेरेर बसेको छु ।’

मैले तत्काल रिप्लाई गरे, कालु म सकुशल छु चिन्ता नगर।उनले लेखे, ‘ओहो१ तिमी आयौ प्यारी, सर्वप्रथम मलाई तिम्रो अंगालो चाहियो आज तिमी मसँग नै छौ भन्ने कुराको आभाष गर्न चाहान्छु । यो ४८ घण्टा कति कठोरतापुर्वक बिताए मैले, यस्तो लाग्यो वर्षौंदेखी एक अर्काको भएर बाचेका हामी आज एक्कासी तिमी टाढा हुँदा म नितान्त एक्लो, पागलजस्तै बने ।’

उनको यो म्यासेजले मुटुभित्र गहिरो डेरा जमायो – उनि लेख्दै गए, ‘आज अनुमति दियौ भने म सदासदाका लागि तिमीलाई मेरी बनाउन चाहान्छु, हरेक पल तिम्रो स्पर्शसँगै बिताउन चाहान्छु म । मैले तिमीलाई गर्ने मायाको कुनै सिमा हुदो हो त आज त्यो सिमा नाघेर म देखाईदिन्थे अनि त्यसपछि तिमीले जुनसुकै सजाए दिएपनि तिम्रो मायाको उपहार सम्झेर सहर्षस्वीकार गर्दथे रानी ।’

यो २ दिनको दुरीले तिमीलाई सिमा नाघ्ने बनायो, मेरो अनुमति माग्ने बनायो । माग आज तिमि जे माग्छौ, म खुसी खुसी दिन तयार छु प्यारा । पिडा उस्तै हो, प्रेम पनि उस्तै हो, मलाई पनि त्यस्तै भएको छ । मलाई कहाँ तिम्रो नबन्ने रहर हुँदो हो त ?

‘सुन न् काली, भनिन्छ नी, जिन्दगीमा कहिलेकाहीँ गरिएका कुनै गल्ती पनि यति मिठा हुन्छन कि ती कुनै असल काम भन्दा अझै प्यारा लाग्छन, हो आज मलाई पनि त्यहि गल्ति गर्न मन लाग्यो प्यारी, के अनुमति मागे दिन्छ्यौ र् रु ’ उनको यति मिठो आग्रह म कसरि नकारु । हुन्छ, भन जे चाहान्छौ तिमी त्यहि माग । आज तिमीले मागेकोभन्दा अलि धेरै दिन मन छ मलाई पनि । यतिबेला म होइन उनीप्रतिको मेरो समर्पण बोल्दै थियो । ‘

उनले भने, ‘सर्वप्रथम मलाई आफ्नो रगतको रातो टिकाले तिम्रो सिउँदो रंगाउन देउ ।’ हुन्छ, रंगाउ तिम्रै लागि खाली थियो यो सिउँदो आज भरिदेउ । मैले उनलाई रोक्ने हिम्मत गर्न सकिन । ‘आउ आज तिमि र मबीचको हरेक दुरी मेटिनुपर्छ । यो सारा संसारले हामी एक – अर्काको हौ भन्ने कुरा बुझ्नु पर्छ ।’ उनका प्रत्येक शब्द –शब्दले मलाई बिस्तारै घामको तापले हिउ पगालेजस्तै पागाल्दै थियो, मुटु निक्कै नै तिब्र गतिमा कुद्न थाल्यो । त्यो पल उनि र मबीचका सबै दुरी मेटिए तर काल्पनिक रुपमा ।

यस्तै यस्तै माया प्रेमका कुरा गर्दा गर्दै बिहान भएको पत्तै भएन, उनले भने ‘कुनै – कुनै रातहरु यति प्रिय बनिदिन्छन् भन्ने मैले कहिले सोचेको पनि थिएन् । हिजोअस्ति तिमीबिना निन्द्रा लागेन आज तिमी भएर निन्द्रा लागेन यो माया भने चिज यस्तै रहेछ ।’ मलाई म्यासेजमा यति भनेर उनले फिलिङ डीप लभ भन्दै एउटा स्टाटस लेखे ‘आफुले माया गर्ने मान्छे फूलजस्तै हुदाँ आफ्नो मन पुतलीजस्तै हुदो रहेछ, त्यसैले होला उनीलाई हरेक पल चुमिरहुँजस्तो लागेको छ ।’ उनको त्यो प्रेमिल स्टाटस मलाई ट्याग गरिएको थियो । मैले लाइक ठोके ।

मेरो मन खुशी हुदाँ उनको ओठ मुस्कुराउँछ अनि उनको आखाबाट आशु झर्दा मेरो मुटुमा बिझाउछ । सायद यहि नै प्रेम रहेछ । त्यो बिहानीसँगै हामी आफ्नो निरन्तर काममा लाग्यौं, साँझ यसैगरी मिठो कुरा गर्ने र दिउसो एक अर्काको काममा डिस्टर्ब नगर्ने बाचा गरि छुट्टीयौं ।

उनले हिजो रातभरी भनेका कुराहरु सम्झिदै दिन बित्यो, साँझ पनि भयो, उनको कुनै सन्देश आएको होला भन्ने लगेर मैले फेसबुक खोलेर हेरे तर कुनै म्यासेज थिएन । आज निक्कै व्यस्त भएछन् काममा ठिकै छ भन्ने लगेर मैले नै म्यासेज लेखे, कहाँ छौ कालु म तिमीलाई अनलाइनमा कुरिरहेकी छु । कि हिजोको अनिदोले मलाई बिर्सायो रु कुनै सन्देश नै नछाडेर सुत्यौ र रु तिमीलाई थाहा छ, अस्ति म अनलाइन नहुँदा तिमिले मलाई पर्खेजस्तै म पनि तिमीलाई पर्खी बसेकी छु ।

लेख्दा लेख्दै रात बित्यो तर उनि आएनन्, मन चिसो भयो कतै उनि बिरामी त परेनन् रु फोन पनि उठेन । लाग्यो, आज उनको प्रोफाइल हेरेर बस्ने पालो मेरो रहेछ, मन अमिलो भएपछि उनलाई ट्याग गरेर एउटा स्टाटस लेखे ‘तिम्रै पर्खाइमा रात बितेर बिहानी पनि भयो तर तिमी अझै आएनौँ ।’ त्यसमा अरु थुप्रैले केके लेखे कुन्नी तर उनको कुनै प्रतिक्रिया आएन । त्यसपछि उनको फेसबुकमा मेरो लागि कुनै स्टाटस देखिएनन् १ न त कुनै म्यासेज नै ।

कस्तो विडम्बना । आज वर्षौं बित्यो, त्यो रातपछिको बिहानीले उनलाई कहाँ पुर्यायो कहाँ रु उनले फेसबुकमा मसँगै बिताएको त्यो रात आज पनि मानसपटलमा मिठो याद बनेर बसेको छ । आज पनि हरेक रात उनि आउछन् की झैँ लाग्छ र उनैलाई पर्खिरहन्छु ।

ती रातपछिका सुनौला रंगिन बिहानीहरु मेरो लागी फिक्का र रंगहीन बनेका छन् तर आशा मरेको छैन उनि एकदिन आउनेछ आफ्नी कालीलाई सम्झेर । भनिन्छ नी – सम्बन्ध प्रेमको कमिले हैन प्रेम धेरै र बिश्वास कम भएर टुट्छ छुट्छ तर हाम्रो सम्बन्धमा न बिश्वासको कमी छ न प्रेमको अनि छुट्यो भएर कसरि पत्याउ म ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here