Sunday, October 2, 2022

विवस छन् मेलाम्चिवासी आँखै अगाडी हेर्दाहेर्दै घरहरु बग्दै छन्, बन्दै छ बजारनै खोलाको बगर (भिडियो सहित)


YOU MAY LIKE
MGID

सिन्धुपाल्चोक : मंगलबार बेलुकीदेखि चलेको बाढी र पहिरोमा हराइरहेका झण्डै ५० मध्ये ७ जनाको शव फेला परेको छ। जनप्रतिनिधि र प्रहरीले पछिल्लो विपत्तिमा ज्यान गुमाएकाहरूको तथ्यांक जिल्ला प्रशासन कार्यालयमा अद्यावधिक गराएका हुन्। मेलम्ची नदीमा पानीको सतह अझै नघटेको र बहाव बस्तीमा पस्ने जोखिम रहेको उनले बताएका छन्‌। मेलम्ची बजार भने अहिले पनि पूरै डुबानमा छ।

​बाढी र पहिरोग्रस्त क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न जानसक्ने स्थिति छैन। बाढी र पहिरोको चपेटामा फसेकालाई उद्धार गर्न तथा पीडितकहाँ राहत पुर्‍याउन सुरक्षा निकाय र निजी वायुसेवा कम्पनीसँग रहेका हेलिकोप्टर परिचालन भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।

डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो। उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए । Sorce:Etajkhabar

यो पनि पढनुहोस्