Sunday, October 2, 2022

ओली सरकार बनेपछि देशमा ४०० मेगावाट बिधुत थपियो (शेयर गरेर जनतामाँझ पु¥यायौँ)


YOU MAY LIKE
MGID

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले आउँदो दुई वर्षभित्र विद्युतमा सबैको पहुँच पुग्ने गरी योजना बनाएका छन् । तीन वर्षमा देशका सबै नागरिक विद्युतीकरणको पहुँचमा पुग्नेछन् । अहिले ८२ प्रतिशत नागरिकमा बिजुलीको पहुँच छ ।

आगामी तीनवर्षभित्र सबै क्षेत्रमा पूर्ण विद्युतीकरण हुने ऊर्जामन्त्री पुनले जानकारी दिए । त्यसका लागि यस वर्षभित्र ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ । विद्युतीकरणका लागि चालु आर्थिक वर्ष तीनवटा प्रदेशमा २२ अर्ब रुपैयाँ बराबरको लगानी गरिनेछ ।

प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिममा एआइआइबीबाट झण्डै १३ अर्ब र इआइबीबाट झण्डै १० अर्ब रुपैयाँको लगानी भित्र्याउने तयारी छ । केही दिनभित्रै टेण्डर आह्वान गरिने पुनले जानकारी दिए । ‘सकभर हामीले दुई वर्षभित्र नै पूर्ण विद्युतीकरण गर्नेछौँ‚’ उनले भने, ‘नसकेको अवस्थामा हामीले तीन वर्षमा सबै क्षेत्रमा विद्युतको पहुँच पुर्‍याउने गरी काम गरिरहेका छौँ ।’

वर्तमान सरकारले विद्युत क्षेत्रमा राम्रो प्रगति गरेको छ । अहिलेको सरकार गठनपूर्व देशमा ९०० मेगावाट जडित क्षमता रहेकामा अहिले त्यसमा ४०० मेगावाट बढेर १३ सय पुगेको छ । चालु आर्थिक वर्षभित्र थप एक हजार मेगावाट थपिने अनुमान छ ।

८८ प्रतिशतमा बिजुलीको पहुँच पुगेकामा १० प्रतिशतले वैकल्पिक ऊर्जामार्फत बिजुलीको प्रयोग गरिरहेका छन् । ७२ प्रतिशत नागरिकले अहिले पनि मेन ग्रिडबाट बिजुली प्रयोग गरिरहेका मन्त्री पुनले जानकारी दिए ।

यो पनि पढनुहोस्