चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको श’व आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको को’भिड १९ का कारण मृ’त्यु भएको थियो ।

दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृ’त्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चि’हान खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दा’हसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको श’व बोकेर लैजाने फैसला लिएँ ।

उनले भने, ‘मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो । उनको मृ’त्युपछि श’वलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ श’वलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।’

यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको श’व बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृद्धाको पनि कोभिड १९ कै कारण मृ’त्यु भएको थियो । श’व बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए ।

१३० किलो तौल भएकी सानुमाया टिकटकमा भाइरल (भिडियो) – काठमाडौं :पछिल्लो समय भिडियो सेयरिङ एप टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ । कतिपयले टिकटकमा राखेका छोटा भिडियोका कारण अवसर पाएका छन् भने कोही सेलीब्रेटी नै बनेका छन् । आफ्नो अभिनय कला भएकाहरुले टिकटकका माध्यमबाट मोडिलिङ, गायन लगायतमा अघि बढ्न निकै सहज भएको छ ।

अमेरिका भारत लगायत कतिपय देशमा टिकटक चलाउन पाइदैन । अर्थात विश्वका कयौं देशमा टिकटकमाथि प्रतिवन्ध लगाइएको छ । तर नेपालमा पछिल्लो केही समय यता भने टिकटक प्रयोगकर्ताहरु बढिरहेका छन् । अभिनय गर्न पाइने, भिडियोमा व्यक्तिहरुको कला हेर्न पाइने भएपछि टिकटक हिट भएको हो ।

टिकटकमा विभिन्न खालका मानिस र प्रयोगकर्ताहरुको उपस्थिति देख्न सकिन्छ । कम उमेर बालबालिका, कार्यालय, कार्यक्षेत्र, अस्पताल विमानमा टिकटक खिच्नेहरुपनि उत्तिकै छन् । यसैबीच कैलालीकी एक महिला टिकटकमा हिट बनेकी छिन् । १३० किलो तौल भएकी टिकटक युजर हुन् भावना आचार्य (सानुमाया)। उनि यतिबेला निकै हिट भएकी हुन् ।

पालतो र छरिको जीउ डाल भएकाले मात्र नाच्न, अभिनय गर्न सक्छन् भन्ने मान्यता विपरित उनको ठूलो ज्यानले पनि टिकटकमा साथ दिएको छ । टिकटक चलाउन थालेको छोटो अवधिमा उनका २ लाख ९३ हजार भन्दा धेरै फलोअर छन् ।

नाचेर शरीरको तौल घटाउने र टिकटक पनि बनाउने गरेकी उनको तौल नाच्न र टिकटक बनाउन थालेपछि भने घटेको छैन । टिकटक बनाउन सुरु गर्ने समयमा ११० किलो तौल रहेको उनको शरिर अहिले १३० किलो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here