बागलुङ, १ जेठ– वैशाख १७ गते सास फेर्न अफ्ठेरो भएपछि उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईयो । कोरोनाको आशंकामा लिईएको स्वाव परीक्षणमा वैशाख १८ गते संक्रमण पुष्टि भयो ।

अस्पतालको सघन उपचारकक्षमा उपचारहुँदा हुँदै उनको वैशाख २३ गते मृ’त्यु भयो । जिल्लाको वडिगाड गाउँपालिका–४ जलजलाका ८७ बर्षिय पुरुषको मृ’त्यु भएको १० दिनभित्र उनकै परिवारका अरु तीन जना सदस्यले ज्या’न गुमाएका छन् ।
परिवारको जेष्ठ सदस्यको मृ’त्युको शो’कमा रहेको परिवारले वैशाख ३० गते बेलुका ४० बर्षका अर्का पुरुष सदस्य गुमायो ।

उनको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको थियो । परिवारमा निरन्तर परिरहेको बज्रले उनिहरु बि’छिप्त थिए । ४० बर्षिया छोराको मृ’त्युको खवर नसुनाएका गाउँलेले वैशाख ३१ गते विहान अर्को खवर पाए, गाउँनै शो’कमा डु’व्यो । पोखराको मणिपाल शिक्षण अस्पतालमा कोभिडको उपचार गराईरहेका बृद्धका अर्का ५१ बर्षिय छोरा पनि रहेनन् । एकै पटक छोराहरुको मृ’त्यु खवर पाएकी आमा अझै बिछिप्त छिन् ।

परिवारमा बज्रपात रोकिएको छैन । सोही परिवारकी चेली वडिगाड गाउँपालिका–५ ग्वालिचौरकी ५३ बर्षिया महिलाले शनिवार धौलागिरी अस्पतालमा उपचारको क्रममा ज्या’न गुमाईन् । उनको पनि मृ’त्युको मु’ख्य कारण को’रोना भा’ईरस नै हो । अस्पतालका अनुसार शनिवार दिउँसो उनको को’भिड–१९ र निमोनियाका कारण मृ’त्यु भएको हो ।

वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिनभित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि थप परीक्षण भएको छैन । तर संक्रमण पुष्टि भएकाहरुमै जटिल समस्या देखिएका मात्रै छैनन् बिबाहमा सहभागी भएका मध्ये एकै परिवारका चार जना सहित अरु दुई जनाको समेत मृ’त्यु भैसकेको छ । अझै केही अस्पतालमा उपचाररत छन् भने केही घर घरमै बिरामी परेको स्थानीयले बताए । Source:Dhorpatannews

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here