Saturday, September 24, 2022

अर्जुन क्षेत्री ज्योतिषी कि गुण्डा ? दिनडाहडै गरे घर तोडफोड (भिडियो)


YOU MAY LIKE
MGID

काठमाडौं । कानूनको पालना गराउने, नागरिकको जिउ–धनको सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । तर, त्यही प्रहरी पैसा र पहुँचवालाको मात्रै कुरा सुन्ने गरेको सबैले देख्दै र भोग्दै आएका छौं । प्रहरीले आफ्नो काम जिम्मेवारीका साथ नगरेको पनि तपाई हामीले देख्दै आएका छौं ।

त्यति मात्र होइन, यहाँ प्रहरीकै जुनियर अधिकृतलाई दुःख पर्दा पनि प्रहरीका सिनियर अधिकृतहरुले अझ उनीहरुमाथि नै अन्याय गर्दै आएका छन् । प्रहरीको परिवारमा कुनै व्यक्तिबाट आक्रमण हुन्छ । घर–डेरा तोडफोड हुन्छ । आफ्नो छोरालाई घण्टौ बन्दक बनाइन्छ र पीडित प्रहरीको परिवारले न्यायको खोजी गर्दै अनेक निकाय धाउँदा समेत केही सीप चल्दैन ।

आफूमाथि भएको अन्ययको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीकै परिवारको जाहेरी प्रहरी कार्यालयले नै लिदैन । राष्ट्रिय मानव अधिकार आयोगदेखि सरकारी वकिलको कार्यालयले समेत उजुरी दर्ता गरी अनुसन्धान गर्नु भन्ने पत्र लेख्दा समेत प्रहरी अधिकारीहरुले कुनै टेढ पुच्छर लगाउँदैनन् ।

यो पनि पढनुहोस्