बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा स्थानीय एक महिलासंग शंकास्पद रुपमा भेट्टिएका छन् । शंकास्पद रुपमा भेट्टिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु दुबैजना बिहिबार राति ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएका हुन् । उनीहरु दुबैजना संगै कोठामा रहेको भन्ने सुराकी वडाअध्यक्ष महराकी श्रीमती बिमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरेका थिए । शंकास्पद रुपमा भेट्टिएका दुबैजनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

‘दुबैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं, जिल्ला ल्याइदैछ’ उनले भने, ‘जिल्ला ल्याइदैंछ थप बुझ्छौं, अहिलेनै सबै कुरा भन्न सकिने अवस्था छैन्, पार्टीको काम भएकोले संगै कोठामा बसेको भन्नेछ।’ वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here