Monday, September 26, 2022

मित्रता होस त यस्तो


YOU MAY LIKE
MGID

पाली सिने क्षेत्रमा बिभिन्न नायक नायिकाहरुको दोस्तीले बेला बेलामा चर्चा कमाउने गर्दछ । सिने क्षेत्रमा कहिले पशुपति शर्मा रमेशराज भट्राई कहिले आचल शर्मा र आकाश श्रेष्ठ यस्तै यस्तै चर्चा हुने गर्दछ बिभिन्न कलाकारहरुको । यस्तो एक जोडी जमेको छ पछिल्लो समयमा । काठमाण्डौमा आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’को नोमिनेशन कार्यक्रममा नायिकाद्धय मलिका महत्त र जाहान्वी बस्नेत एकसाथ पुगे ।

मलिका र जाहान्वीको मित्रता चलचित्र ‘यात्रा’बाट सुरु भएको हो । यो चलचित्रमा एकसाथ काम गरेपछि सुरु भएको दुइको बोन्डिङ अहिले पनि उस्तै छ । उनीहरु प्रायजसो सोसल मिडियामा सँगै भएका देखिन्छन । जाहान्वीले पत्रकारहरु सँग कुरा गर्दै भनिन् हाम्रो मित्रता यात्रामा काम गर्दादेखि नै सुरु भएको हो । फोनमा बारम्बार कुरा गर्ने, फेसबुकमा सन्देश पठाउने भन्ने खासै हुँदैन ।

तर हामी भेटेपछि भने निकै नै मिल्छौ । जाहान्वी प्रमाणपत्र लिन स्टेज चढ्दै गर्दा मलिका उनको तस्वीर लिनमा व्यस्त थिइन् । मलिकाले प्रमाणपत्र लिन स्टेज चढेको बेलामा जाहान्वीले पनि उनको तस्वीर र भिडियो लिइन् । यसरी फोटो अनि भिडियो एक अर्काको लिएर साथीको राम्रो उदाहरण पनि दिए ।

मलिकाको चर्चा अहिले चुलिएको छ । जाहान्वीले भनिन् मलिकाले यात्रामा काम गर्दा नै मैले उनको भविष्य सुन्दर छ भनेर अनुमान गरिसकेको थिएँ । उनी निकै नै राम्रो अभिनय गर्छिन् । जाहान्वीको बोलिरहने बानी छ भने मलिका कम बोल्छिन् । तर पनि यी दुईको मित्रता भने लोभलाग्दो नै छ ।

जाहान्वीले आफ्नै होम प्रोडक्सनमा निर्माण भएका केही चलचित्र अनि म्युजिक भिडियोहरुमा अभिनय गरेर दर्शकहरु माझ चिनिएकी छिन । उनी नेपाली चलचित्रका कमेडिएन कलाकार जय किसन बस्नेतको सुपुत्री पनि हुन । अहिले जय किसन बस्नेतको नामले भन्दा पनि उनी आफ्नै कामले गर्दा चर्चामा छिन ।

यो पनि पढनुहोस्