Saturday, September 24, 2022

फेरी टिकटक बनाउन बस र घरको छतबाट हाम फाल्ने युवक भाइरल (भिडियो)


YOU MAY LIKE
MGID

टिकटकमै घरको छत र बसबाट जिमन्यास्टिक गरेर चर्चामा आएका गोरख तिरुवा मिडियामा आएका छन् । प्रतिभाशाली गोरख तिरुवाले प्रतिभालाई सहि सदुपयोग गर्ने ठाउँ टिकटक भएको बताउँदै आफुले प्रशिक्षण लिएरै यस्तो कार्य गर्दै दर्शकहरुको मन जित्दै आएको बताए । दुर्गम जिल्ला कालिकोटका तिरुवाले शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालको अफिस भित्रै अनेक स्टण्ट र योगा देखाउँदै सबैलाई अचम्ममा पारे ।

गोरखको यहि कलालाई देखेर उनलाई एक नेपाली चलचित्रबाट पनि अफर आईसकेको छ । दुर्गम जिल्लाबाट उदाएर नेपाली चलचित्र आँधी तुफान २ मा काम गर्न लागेका मात्र १७ बर्षका गोरखसँगको कुराकानी र उनको डरलाग्दा स्टण्टहरु, हेर्नुहोस ।

त्यस्तै दाङ – दाङमा टिकटक भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको ज्यान गएको छ ।टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको हो । गएको शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका ५ हापुरेको पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

यो पनि पढनुहोस्