Tuesday, September 27, 2022

नारी नै नारीको लागि दुश्मन हुन


YOU MAY LIKE
MGID

हाम्रो नेपाली समाजमा नारीहरुले घरको काम मात्र गर्नुपर्दछ पुरुषहरुले बाहिरको काम गर्ने अनि घरमा पैसा कमाएर ल्याउने भन्ने सोच पनि रहेको छ । भलै त्यो सोच बिस्तारै परिर्बतन हुदै नारी पुरुष एकै रथको दुई पाङ्ग्रा भनेर पनि भन्ने गरिन्छ । भनिन्छ नारी सृष्टिका मुहान हुन् । नारीभित्र पुरुषमा भन्दा बढी कोमलता, संदेनशीलता एवं सहनशीलता पाइन्छ । हाम्रो जस्तो पुरुषप्रधान देशमा नारीको स्थान अझै पनि नाजुक र पीडादायक छ ।

कहिले दाइजोको निहुँ, कहिले छोरा नजन्माएको निहुँ त कहिले बोक्सीको आरोपजस्ता सामाजिक कुसंस्कारको पक्षमा लागेर मटीतेल खन्याएर आगो लगाउने, मरणासन्न हुने गरी कुटपिट गर्नेजस्ता अनेकौं यातना दिने चलन हाम्रो समाजबाट उन्मूलन हुन सकेको छैन । महिलाहरू आफूमाथि हुने यी सबै अत्याचारलाई पनि सम्बन्ध टिकाउनकै लागि वा इज्जत बचाउनकै लागि भनेर चुपचाप सहन बाध्य छन् ।

यस्ता यातनाका विरुद्धमा आवाज उठाए वा सम्बन्धविच्छेद गरे समाज उनैलाई दोषी देखाएर अनेक लाञ्छना लगाउन पनि पछि पर्दैन । एउटै कोखबाट जन्मिएका छोरा र छोरीमा पनि जन्मिएदेखि नै विभेद गर्न थालिन्छ । अझ जन्म दिने आमा जसले दुवैलाई उत्तिकै प्रसव पीडा सहेर जन्माएकी हुन्छिन् उनैले समेत विभेद गर्नु अचम्मलाग्दो छ । यसो हुनुमा उनको मात्र नभएर हाम्रो संस्कृति, सामाजिक मूल्य मान्यता आदिको पनि दोष छ ।

ग्रामीण परिवेशमा हेर्ने हो भने अझै पनि छोराहरूलाई स्कुल पठाएर छोरीहरूलाई घरधन्दामा सीमित राखिएको पाइन्छ । उनीहरूभित्र भएका सिर्जना, प्रतिभा एवं जाँगरलाई कुण्ठित गरिन्छ । छोरीहरूलाई पनि शिक्षा र अवसर दिने हो भने उनीहरूमा मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गेल इन्दिरा गान्धी बेनजिर भुुट्टो बन्न सक्ने क्षमता छ । नारीले परिवारको मान मर्यादा र इज्जतका लागि आफूभित्र भएका रहर र चाहनाहरूलाई थाती राखेका हुन्छन् ।

राजनीतिक आर्थिक एवं सामाजिक रूपमा महिलाहरूको पहुँच निकै कम छ । महिलामाथि ठूलो सामाजिक अन्याय भैरहेको छ । तथापि आफूले भोग्दै आएका यातना दुःख र पीडाहरू अन्य नारीले भोग्नु नपरोस् भन्ने किन सोच्दैनन् उनीहरू ? यहाँ मानवताको कुरा एकातिर छ भने नारित्वको कुरा अर्कातिर छ । एउटा पुरुष विवाहित हो भन्ने कुरा थाहा हुँदाहुँदै अर्की नारीको खुसी खोस्न भित्रिन्छन् नयाँ बेहुली बनेर, त्यसैलाई संसारको सबैभन्दा ठूलो जित सम्झँदै ।

यहाँ कसको जित अनि कसको हार भएको हो रु के दुवै नारी नै होइनन् रु आफ्नो खुसीका लागि अर्की नारीको खुसीमा आगो लगाउनु नै नारी हुनुको परिचय हो रु किन सोच्दैनन् आफूलाई त्यो ठाउँमा राखेर ? यतिसम्म कि आफ्नै कारणले गर्दा अर्की नारीले पाएको वेदना र चित्कारलाई रमाइलो मानेर हाँस्दै आफ्नै परिचयको खिल्ली उडाएको देख्दा अचम्म लाग्छ ।

सासूले बुहारीप्रति गर्ने व्यवहार होस् वा बुहारीले सासूप्रति गर्ने व्यवहार धेरै ठाउँमा नारीको विपक्षमा नारी नै उभिएका छन् । एउटी नारीको अस्मिता लुटिनुमा पनि नारीकै हात रहेको पाइन्छ । नारीलाई बेच्ने काममा समेत नारीहरू नै अग्रपंक्तिमा छन् । एउटी नारीलाई बेचेर आफू मस्ती गर्ने नारी कस्ती नारी ? बाटोघाटो, कार्यालय वा अन्य ठाउँहरूमा बरु पुरुषहरूले नारीलाई सहयोग गरेका उदाहरण प्रशस्तै भेट्न सकिन्छ तर एउटी नारीले अर्की नारीलाई उदार हृृदयले सहयोग गरेको पाइँदैन । अझै केही गरी अघि बढ्न चाहनेहरूका लागि समेत बाधक बन्ने गरेको पाइन्छ ।

एउटी नारीको काम र भावनामा साथ र सहयोग पुर्‍याउनुपर्नेमा बाधक बनेर उभिने यो कस्तो विडम्बना समाजमा नारीको यस्तै गल्तीको फाइदा केही पुरुषहरूले उठाएका मात्र हुन् । जब नारीले नै नारीको सम्मान गर्न सकेका छैनन् भने पुरुषहरूले झन् कसरी बुझ्छन् ? उनीहरूले नारीको त्यही कमजोरीको फाइदा उठाएर शोषण गरिरहेका हुन्छन् । नारी नारीबीच भएको अहम्ले गर्दा सरकारले दिएको ३३ प्रतिशत आरक्षणको पनि सदुपयोग हुन सकेको छैन ।

शिक्षित र अवसर पाएका नारीहरू त आरक्षणका लागि भनेर आफूलाई निरीह बनाउन खोज्छन् भने शिक्षा र अवसरबाट वञ्चित भएका र अधिकार के हो रु कसरी प्राप्त गर्न सकिन्छ रु देश विकासका लागि आफ्नो भूमिका के हो भनेर नबुझेका नारीका लागि जति नै आरक्षण तथा अधिकारका कुराहरू गरे पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने बाहेक के हुन सक्छ ? जबसम्म नारीले आफूलाई बुझ्न सक्दैनन् तबसम्म नारी अधिकार चाहियो भन्नु बेकार हो ।

श्रीमान् श्रीमतीको भूमिकामा परिवर्तन आवश्यक

अशोक र प्रतिमा श्रीमान् श्रीमती हुन् । उनीहरू दुवैको पेसा नोकरी हो । कलेज सकिएपछि प्रतिमा सधैंजसो छोरालाईर् स्कुलबाट लिएर पाँच बजे घर पुग्छिन् र छोरालाईर् खाजा ख्वाएर खेल्न पठाउँछिन् । थकाइ अनुभव भए पनि भान्साभित्र गएर बिहानका भाँडा सफा गरी खाना बनाउन थाल्छिन् । खाना पकाउँदा पनि उनको ध्यान भोलिको लेक्चरतिर हुन्छ, कलेजमा परीक्षा नजिकै थियो र कोर्स पनि पूरा भएको थिएन ।

आफ्नो समस्या आफै सँग लिएर फेरि भान्सामा पसिन् र लामो सास फेर्दै खाना बनाउन थालिन् । अशोकसित सहयोगको आशा गर्नु निरर्थक भएको बरू आग्रह विवादमा परिणत हुने सम्भावना बढी हुने कुरा उनलाई थाहा थियो । नीला र गगन दुवै बेग्लाबेग्लै अफिसमा काम गर्छन्, नीला चार बर्षिय सन्तानकी आमा पनि हुन् । उत्साह एवं जीवन्तताले पूर्ण उनको व्यक्तित्वले नै उनको प्रसन्नताको अभिव्यक्ति दिन्छ ।

उनी दिनभरिको कार्य समाप्तिपछि छोरासँगै बसेर गगनलाई कुरिरहेकी हुन्छिन् । गगन आएपछि उनीहरू घर जान्छन् । गगन छोरालाईर् लुगा फुकाल्न सहयोग गर्छन् नीला खाजा तयार गरेर ल्याउँछिन् । तीनैजना सँगै बसेर आनन्दका साथ खाजा खान्छन् । पछि छोरो खेल्न जान्छ । गगनले भान्सामा नीलालाई सहयोग गर्छन् । यी दुई उदाहरण औसत आधुनिक दम्पतीका हुन् पहिलोमा नारी आहत थकित र तनावपूर्ण छिन् अर्कोमा नारी प्रसन्न आनन्दित सम्मानित र पुरुषको समकक्षी भएको स्थिति छ ।

नेपाली समाजमा पछिल्लो स्थितिको प्रतिशत एकाध मात्र होला जबकि ९९ प्रतिशत परिवारको अवस्था प्रतिमा र अशोकको जस्तै छ । भन्नका लागि विवाह संस्थामा मौलिक परिर्वतन नभए पनि व्यावहारिक रूपमा धैरै परिवर्तन भैसकेको छ । सूचना शिक्षा प्रविधि ज्ञान आदिले विवाहको पारम्परिक स्थितिमा वर वधूको चयनमा परिवर्तन आएको छ,आज डेढ दुई दशक पहिलेको जस्तो स्थिति छैन पहिले माता पिता र परिवारका पाका सदस्य मिलेर जीवनसाथी चयन गरिन्थे अधिकांश दम्पतीले जीवनसाथीको अनुहार विवाह भएपछि मात्र हेर्न पाउँथे ।

बेमेल विवाहमा अथवा आपसी सम्बन्धमा विरोधी स्वभाव भए पनि वा दाम्पत्य जीवनमा केही वितृष्णा भए पनि खुल्ला चुनौती दिने हिम्मत विरलै भेटिन्थ्यो । विवाहकोे अर्थ थियो ईश्वरको आदेश निर्वाहको पर्यायवाची । आधुनिक समयमा स्थिति र दृश्य त्यस्तो रहेन । आजको पुस्ता विवाहलाईर् जीवनभर निर्वाह गर्ने बाध्यता अनुभव गर्दैन, अब विवाह कायम राख्ने उत्तरदायित्व दुवै पक्षका लागि हो । त्यसैले आजको युगमा पुरुषको भूमिकामा परिवर्तन नितान्त आवश्यक छ ।

श्रीमान्ले परिवारका लागि आर्थिक संसाधन जुटाएर मात्र कर्तव्य पूरा हुँदैन किनभने आजका नारी पनि आफ्नो परम्परागत भूमिकामा सीमित छैनन् उनीहरू कामकाजी भएका छन् । श्रीमतीहरू आफ्नो माग र आवश्यकताका सम्बन्धमा सचेत हुँदैछन् । आजका नारीलाईर् सन्तान र मातृत्वमा सीमित गृहिणीको पद न त स्वीकार छ न आवश्यक । यसबाट श्रीमान् श्रीमतीकोे व्यवहारमा परिवर्तन देखा पर्नुका साथै सम्बन्धमा खटपटी पनि देखा परेको छ ।

विवाह गर्नुभन्दा पहिलेको अपेक्षा र वास्तविकतामा आकाश र धरतीझैं विशाल अन्तर हुने हुनाले श्रीमान् श्रीमती सधैं आफूलाई ठगिएको महसुस गर्छन् । कतिपय स साना कुरा पनि कालान्तरमा ठूलो संर्घषको कारण बन्न सक्छ । एक अर्काको आवश्यकतालाई महत्व नदिनु भावनात्मक रूपले एक अर्काको उपेक्षा गर्नुले वैवाहिक जीवनमा कलह कटुताका साथै निराशा उत्पन्न गर्छ । त्यसैले वैवाहिक सम्बन्धलाईर् नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता छ ।

यो उपाय सजिलो छैन । यसको धेरै दायित्व आजको बौद्धिक, इलिट, उदार र आधुनिक पुरुषवर्गमा छ । आखिर कहिलेसम्म पुरुष पुरातनपन्थी सोच, पूर्वाग्रह एवं दृष्टिकोणबाट मुक्त हुन सक्दैन रु कहिलेसम्म पुरुषको दृष्टिकोणमा नारी एउटा व्यक्ति बन्दिन ? जे भए पनि समस्याको समाधान खोज्नैपर्छ । आजको दाम्पत्य जीवनलाईर् सुन्दर रूपले निरन्तरता दिन पुरुषको भूमिकामा पनि परिवर्तन होस् र नारीको भूमिकामा पनि ।

बदलिँदो समयसँगै परिवारको स्वरूप र श्रीमान् श्रीमतीकोे सम्बन्धको परिभाषा पनि बदलिरहेको छ । त्यसैले दाम्पत्य जीवनलाई सही दिशामा डोर्‍याउन श्रीमान् श्रीमती दुवैको समान सहभागिता आवश्यक भैसकेको छ । सामाजिक सञ्जालबाट साभार गरिएको ।

यो पनि पढनुहोस्