Tuesday, September 27, 2022

ईमान्दार अनि असल श्रीमानको खोजीमा छु


YOU MAY LIKE
MGID

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो ।

एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू । किन र तिमी पनि जाऊ न इजरायल १ अब त केटाकेटी पनि ठूला हुँदै गए भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ ।

किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने । सधैँ यही तीन कोठामा जिन्दगी बिताउने । भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न १ श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो ।

सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल । इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो ।

मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र । आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ । फर्केर फेरि के गर्ने ।

श्रीमान्मा मैले धेरै पैसा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो । मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुनाले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो ।

मलाई पनि कुरा राम्रै लाग्यो, साथीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो । ११ महिनाको तलव थापेको पनि थिइनँ श्रीमान्को फोन आयो । स्कूलको क्यन्टिनमा आफँ लगानी ग¥यो भने त अझ बढी आम्दानी हुन्छ, फेरि यताउता गरेर एकमुुष्ट पैसा पठाइ देऊ न ।

सबैभन्दा नजिकको स’म्बन्ध भएको श्रीमान्माथि मैले कसरी शङ्का गर्ने रु मैले होला भनेर फेरि ऋण गरेर छ लाख पठाइदिएँ । फोनबाट कुरा गर्दा छोराछोरी सासूससुरा सब खुसी नै भएको मैले महसुस गरेकी थिएँ । स्कूल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस् अब त नेपाल फर्किएपछि त आफ्नै स्कूल । त्यो दिन फागुपूर्णिमा थियो, छोराले फोनमा र रुँदै भन्यो मामू बुबाले बर्बाद गर्नुभो ।

के भयो किन रोएको के गर्नु भो बुबाले मैले आतालिँदै सोधेँ । फोनमा छोरीको पनि आवाज आयो । मामू बुबाले त अर्को बिहे गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा हजुरआमालाई हजुरहरूको नाति भनेर भन्नुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले भन्नुभयो बिहे गरेको नै २ वर्ष भैसक्यो ।

मामूले थाहा नपाउनुहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे । म छाँगाबाट खसेँ । विगतका सबै दिनहरू आँखाअगाडि नाच्न थाले । ओहो, आज आएर सम्झँदै छु, त्यो समयमा तिमीमा एकाएक आएको परिवर्तन नियाल्दै छु । कसरी मलाई इजरायल पठायौ रु कसरी सबै पैसा लियौ ।मैले सासूसित कुरा गरेँ सासूले पनि हो भन्नुभयो । त्यस पछि त झनै चिन्तित भएँ, छोराछोरी कति रोए होलान् ।

श्रीमान्लाई फोन गर्छु, फोन स्वीचअफ छ । बल्ल चार दिनपछि राती श्रीमान्को फोन उठ्यो तर महिलाले फोन उठाइन् । मैले तपाईंं को भनेर सोधेँ । उनले भनिन् म दिनेशको श्रीमती । मैले दिनेशको श्रीमती त म पो हुँ तिमी को हौ दिनेश खोइ रु भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासूससुरासित पहिल्यै छुट्टिइसकेकाले केटाकेटी आफैँ पकाउँदै खाँदै गर्दा रहेछन् ।

म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । मेरो टाउकामा कर्जा थियो । नेपाल आएर के गर्ने रु मैले माइतीमा फोनगरेर भाइसित रोएँ । अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन भनेर मैले छोराछोरीलाई मामाघर पनि नजाओ, कोठा नछोड भनेँ । यसैबीचमा छोरीले एस। एल। सी। पास गरिन् । मलाई ज्यादा पीर छोराको थियो, कुलतमा लाग्ने पो हो कि भन्ने । मेरो त सब बर्बाद भैसकेको थियो ।

मलाई आफूलाई सम्हाल्न गाह्रो भैरहेको थियो । विवाह गरेको दिनदेखि अहिलसम्म मेरा श्रीमान्ले मलाई गरेको माया, मसित सरसल्लाह, भावी योजना सबै मेरा सामु सिनेमाझैँ नाचिरहेका थिए । म इजरायल आएको चार वर्ष भयो छोराछोरी दुवै कलेजमा पढ्दैछन् । घरमा बाबु र सानीआमालाई आउन दिएनन् । छोरीको फोन आयो उनले भनिन् मामू आएर मेरो विवाह गरिदिनू न ।

आपूसँगै पढ्ने पोखरा घर भएको केटासित उनी विवाह गर्ने रे । म दशैँमा घर आएर नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए, कान्छी श्रीमतीलाई त ल्याएका थिएनन् तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ। भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त । छोराछोरी श्रीमान् सब पर । एक मन भन्छ समय अनुसार चल्नुपर्ने मान्छेको नियती हो ।

जब मान्छेलाई सत्यबोध हुन्छ उसलाई कुनै कुराले दुखाउँदैन, मलाई पनि त्यस्तै भइरहेको छ । जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि १ जब श्रीमान्को जरुरत बढी पर्छ त्यो बेला मलाई श्रीमान्ले धोका दिएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ।

तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोस्रो विवाह सजिलै गर्छन् तर म कसलाई भनूँ मसित विवाह गर्छौ भनेर । के भन्ने । एक जना सासूलाई नयाँ श्रीमान् चाहियो । मलाई धोका दिने श्रीमान्लाई देखाउनलाई भए पनि म अर्को विवाह गर्न चाहन्छु । Source – Samacharlibrary

यो पनि पढनुहोस्