Tuesday, September 27, 2022

खाजा घरमा काम दिई ग्राहकहरु सँग सुत्न लगाएपछि (भिडियो)


YOU MAY LIKE
MGID

नेपालमा बेरोजगारको संख्या ठुलो मात्रामा रहेको छ । उनै बेरोजगारहरुलाई अनेक थरी सपना तथा रहरहरु देखाएका ठगिएका धेरै घटनाहरु बेला बेलामा आईरहन्छ । भर्खर मात्र फेरी पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ परेका छन्। यो कुनै नौलो र पहिलो पटक घटेको घटना भने होईन ।

यस अघि पनि थुप्रै पटनाहरु बाहिर आईरहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले काभ्रे जिल्ला पाँचखाल घर भई पोखरा महानगरपालिका वडा नं ९ जाल्पारोड बस्ने ३४ वर्षीय सञ्चालक केशव भुजेललाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताएका छन । भुजेलले एक महिलालाई सुरूमा विभिन्न प्रलोभन देखाई आफ्नो खाजा घरमा काम गर्न लगाएका थिए।

ती महिलालाई उनले खाजा नास्ता वितरण गराउने काम दिएका थिए। तर केही दिनपछि नै उनले आफ्नो खाजाघरमा आउने ग्राहकहरूसँग पैसा लिएर सम्पर्क गर्न लगाएको प्रहरी उपरीक्षक श्रेष्ठले पत्रकारहरु सँग बताएका छन । उनका अनुसार भुजेलले ती महिलालाई डर त्रास देखाइ धम्की दिई जबरजस्ती ग्राहकहरु सँग सम्पर्क गर्न लगाएका थिए। त्यस्तै अन्य होटलहरूमा समेत पठाइ शोषण गराएको भन्ने जाहेरी आएपछि प्रहरीले भुजेललाई पक्राउ गरेको हो।

प्रहरीले पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको छ। अहिले खाजा घर सञ्चालका भुलेलमाथी थप अनुसन्धाको लागि जिल्ला अदालत कास्कीबाट १० दिनको लागि हिरासतमा राख्न अनुमति दिएको छ । भुजेलमाथि प्रहरीले मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। सेतोपाटी डटकममा समाचार रहेको छ ।

नेपालमा बेरोजगारको संख्या अत्याधिक मात्रामा ठुलो मात्रामा रहेको छ । उनै बेरोजगारहरुलाई अनेक थरी सपना तथा रहरहरु देखाएका ठगिएका धेरै घटनाहरु बेला बेलामा आईरहन्छ । भर्खर मात्र फेरी पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ परेका छन्।

यो कुनै नौलो र पहिलो पटक घटेको घटना भने होईन । यस अघि पनि थुप्रै पटनाहरु बाहिर आईरहेका थिए । यी र यस्तै घटनाहरु रोकथाम गर्नको लागि सरकारको तर्फबाट नै केही कामहरु सुरु गर्नुपर्ने देखिन्छ । ताकी आगामी दिनमा कुनै नेपाली नागरिकहरु कसैको जालोमा फस्न नपरोस ।

यो पनि पढनुहोस्