Tuesday, September 27, 2022

यी नै हुन् २०७२ सालको भुकम्प जाँदा धरहरा बाट खसेर बाँचेकी रमिला


YOU MAY LIKE
MGID

२०७२ सालको एउटा घटना कहिल्यै पनि बिर्सिन सकिन्न त्यो घटनाको गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको महा भुकम्प । हजारौ नेपालीहरुले त्यो बेला ज्यान गुमाएका थिए भने लाखौ नेपालीहरुको बिच्लली भएको थियो । अहिले त्यो दिन सम्झदा पनि आङ नै जिरिङ्ग हुन्छ । हो त्यही बेला र नेपालको धरहरा पनि भत्किएको थियो । सायद त्यो घटना नेपाल र नेपालीको लागि सधै भरी सम्झने कालो दिन हो ।

कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन् मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ । उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो । तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् ।

बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ । म भूकम्प गएको सपना देखिरहन्छु तीन दिनअघि पनि देखेकी थिएँ । सपनामा खाट हल्लिएजस्तो लाग्छ आफूले बारम्बार देख्ने सपना सम्झिँदै उनले सुनाइन् । त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ किजस्तो पनि लाग्छ ।

भूकम्पको सपना उनी प्राय बिहानपख देख्छिन् । सपनाबाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन् । बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । यस्तो सपना कहिल्यै नदेखिए पनि हुन्थ्यो भन्ने लाग्छ तर देखिरहन्छु उनी भन्छिन् । ०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ उनलाई । खुट्टा चलाउन खोजिन् तर सकिनन् ।

खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन । ला यस्तो भयो, अब ममी ड्याडीले मार्नुहुन्छजस्तो लाग्यो, एकदमै डर लागेको थियो तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन् । एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्‍यायो । कसले लग्यो उनलाई अझैसम्म थाहा छैन । साँझपख एकजना दिदीले दिउँसोको घटना सम्झाएपछि बल्ल भूकम्प गएको र आफू धरहराबाट खसेर पनि बाँच्न सफल भएको उनलाई थाहा भयो ।

भाग्यले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । नयाँ पत्रिका दैनिकमा छ । २०७२ सालको एउटा घटना कहिल्यै पनि बिर्सिन सकिन्न त्यो घटनाको गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको महा भुकम्प ।

हजारौ नेपालीहरुले त्यो बेला ज्यान गुमाएका थिए भने लाखौ नेपालीहरुको बिच्लली भएको थियो । अहिले त्यो दिन सम्झदा पनि आङ नै जिरिङ्ग हुन्छ । हो त्यही बेला र नेपालको धरहरा पनि भत्किएको थियो । सायद त्यो घटना नेपाल र नेपालीको लागि सधै भरी सम्झने कालो दिन हो ।

यो पनि पढनुहोस्