Monday, September 26, 2022

फेसबुकमा बोलेकै भरमा बिश्वास गरी दिदिबहिनीले सुन पैसा र इज्जत लिलाम नगर्नुस् !


YOU MAY LIKE
MGID

अभियान्ता सरु सुनार प्रबिधिको बिकास सँगै विश्व बजारमा सोसल मिडिया बिभिन्न सामाजिक सञ्जाल र त्यसको प्रयोगकर्ताहरु पनि दिन दिनै बढिरहेका छन । यीनै सामाजिक सञ्जालहरुको प्रयोग गरेर धेरै जनाले धेरै उपयोग पनि गरेका छन भने कसैलाई यीनै सामाजिक सञ्जालहरु निकै घाटक पनि बनेका छन । पछिल्लो समय अत्याधिक प्रयोगकर्ता रहेको एक सामाजिक सञ्जाल हो फेसबुक ।

यो धेरैका लागी फेसन बनेको छ । राम्रोसंग प्रयोग गर्न सक्ने र जान्नेहरुलाई फेसबुक धेरै उपयोगी भएको छ । फेसबुकबाट धेरै जनालले न्याय पाएका छ्न् उपचार पाएका छन् राहत पाएका छन् हरेक सूचना र दुखद घडीहरुमा धेरैको जिबन बदलिएको छ । कसैको करियर नै यीनै सामाजिक सञ्जाल फेसबुकले बनाईदिएको पनि छ ।

फेसबुकले राम्रा मात्र होईन नराम्रा प्रकारका बिकृतीहरुका शिकार भने धेरै भएका छन् । पछिल्लो समय सामाजिक संजालहरु फेसबुक भाइबर इमो वाट्सपबाट विभिन्न बाहानाका पैसा ठगी गर्ने र दिदिबहिनीहरुको इज्जत समेत लुटने गरेका घटना नघटेको होइनन् । यीनै सोसल मिडियाको प्रयोग गरेर सोझा साझा मानिसहरुलाई पैसा ठगी गर्ने गिरोहमा भने महिला र पुरुष दुबै सकृय देखिन्छन् ।

अझै डरलाग्दो घटना फेसबुक इमोमा कै भरमा बिश्वास गरि भिडियो कलमा आफ्ना सबै फोटाहरु बिश्वासकै भरमा केटाहरुलाई पठाइदिने    र ती फोटा अलिकति रिस उठेपछि ती महिलाका श्रीमान र आफन्तलाई पठाइदिने र फेक आइडी बनाइ पोस्ट गर्ने गरेका दर्जनौं ती महिला हरुका घटना म स्वयं हेरेकी छु र आइडी बन्द गराइदिएकी छु । कतिपय त्यस्ता हर्कत महिलाको इज्जतलाई लिलामी गर्ने पुरुषलाई लाइभ मै ल्याएर पनि तह लगाइएकी छु ।

अर्को पाटो महिला दिदिबहिनी असाध्यै कोमल र तुरुन्तै बिश्वास गर्ने हुँदा सामाजिक संजालबाट तुरुन्तै ठगिन्छन् । मैले देखेको एउटा डरलाग्दो घटना ती महिलाको गोपनियताको लागि नाम र ठेगाना मैले खुलाउन चाहिन । खड्का थरकि ३२ की महिला दुईजना बच्चा अनि श्रीमान बिदेश छन् १५ बर्ष देखि खाडी मुलुकमा आफ्नो परिवार र बच्चाको खुशी र भबिस्यको लागि पशिना बगाइरहेका छन् ।

बच्चा पढाउन गाउँको घर देखि सदरमुकाम बजारमा कोठा लिएर बस्छिन् उनी फेसबुकमा एकजना अधबैंसे केटासंग कुराकानी हुन्छ अनि फोन भिडियो कल हुँदै मायापीरती झ्याङ्गिन्छ । एक दिन केटाले स्कुटरको लाइसेन्स निकाल्दिन्छु भनी बुटवल बोलाउछ र दुई जना एउटा होटलमा बस्न पुग्छन् ।

केटाले केही दिन पछि आफुलाइ पैसा चाहियो भनी माग्छ उनी पुरै बिश्वास गरि ३ लाख भन्दा धेरै पैसा रिन खोजी दिन्छिन् । त्यति मात्र कहाँ होर आफुले लगाएको दुइतोलाको सिक्री समेत दिन्छिन् । पछि सिक्री फिर्ता गर्यो तर पैसा तिरेन म सग पनि कन्टाकमा आउन छोडेपछि ती महिलालाई रिनले निकै गाह्रो भो र महानगरीय प्रहरी परिसरमा त्यो केटा विरुद्ध निबेदन दर्ता गरियो अहिले फरार छ ।

मैले यो घटना हाम्रा दिदिबहिनी नफसुन भनेर  सेयर गरेको हु । यो एउटा प्रतिनिधि घटना मात्र हो अरु यस्ता कुराहरु कति छन् । मैले यो सव कुरा सबै दिदिबहिनीहरु र दाजुभाइलाई भन्न खोजेको होईन सामाजिक संजालमा यस्ता घटना धेरै घटेको र घटने हुँदा जनचेतनाको लागी एउटा सामाजिक अभियान्ताको हैसियतले कलम चलाएकी मात्र हुँ।

यो पनि पढनुहोस्