Tuesday, September 27, 2022

प्रचण्डले ओलीलाई भेटेर भने : कर्णालीमा के हुँदैछ, पार्टी एकता भाँड्न खोजेकै हो ?


YOU MAY LIKE
MGID

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर्णाली प्रदेशमा भएको घटनाप्रति ध्यानाकर्षण गराउनुभएको छ ।

सामबार बिहान बालुवाटारमा भेटेर प्रचण्डले कर्णालीमा जे भयो त्यो राम्रो नभएको भन्दै प्रधानमन्त्रीले त्यसलाई मिलाउनुपर्ने बताउनुभएको छ । करिब ७० मिनेट भएको कुराकानीमा मुख्यतया कर्णाली प्रदेशमा आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दलकै १८ सांसदले दर्ता गराएको अविश्वासको प्रस्तावमा केन्द्रित भएर छलफल भएको थियो।

‘अहिले कर्णालीमा जे भयो त्यो राम्रो भएन,’ प्रचण्डले ओलीलाई भनेका थिए, ‘यसले पार्टी एकता र अगाडि बढ्नका लागि पनि राम्रो गर्दैन् । यो पार्टी एकताको मर्मविपरित हुन्छ ।’ जवाफमा ओलीले आफूले त्यो काम गर्न नलगाएको बताउनुभएको थियो । तर, पूर्व माओवादीका धेरै नेता कार्यकर्ताहरु ओलीले नै अह्राएकाले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको ठानेका छन्।

प्रचण्ड नेपाल समूहले आज बिहानै खुमलटारमा गोप्य भेला पनि गरेको छ। उक्त भेलामा माधव कुमार नेपाल निकटका सुरेन्द्र पाण्डे लगायत नेताहरू उपस्थित थिए। पूर्व–माओवादी केन्द्रका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू थिए। त्यस्तै प्रचण्ड र नेपाल समूहका केही केन्द्रीय सदस्य पनि खुमलटारको गोप्य भेलामा सहभागी थिए। मिडियाडबलीबाट

यो पनि पढनुहोस्