Tuesday, September 27, 2022

प्रधानमन्त्री केपी ओली आइसोलेसनमा, पुनः परीक्षणको तयारी !


YOU MAY LIKE
MGID

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेका छन् । उनको सचिवालयका अधिकांश सदस्यहरुमा नै को’रोना भार’इरस सङ्क्रमण देखापरेपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बसेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई  सङक्रमण भएको छ । ओली उनीहरुको निकट सम्पर्क र सम्बन्धमा रहँदै आएका छन् ।

उनको फेरि स्वाब संकलन गर्ने तयारी छ । ओलीको सचिवालयका एक सदस्यका अनुसार कसरी सङ्क्रमण भयो भन्ने विषयमा थाहा हुन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि को’रोना भाइरस ९को’भिड–१९० को सङ्क्रमण भएको छ । प्रधानमन्त्री ओली केही दिन भेटघाट बन्द गर्ने मनस्थितिमा छन् ।

यसअघि ओलीको निजी चिकित्सकलाई पनि को’रोना संक्रमण देखिएको थियो । गत बिहीबार गरिएको स्वाब परीक्षणमा भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको रिपोर्ट नेगेटिभ देखिएको थियो । प्रधानमन्त्रीले सावधानीका साथ नै भेटघाट गर्दै आएकाले उनमा जोखिम कम रहेको अनुमान गरिएको छ । Source : Sajhapost

यो पनि राजतन्त्रदेखि गणतन्त्रसम्म प्यारा ‘डा. युवराज खतिवडा’ – सरकारले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई राजदूत सिफारिस गरेको हो ।

गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा एक सातापछि नै प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए । सल्लाहकार पनि मन्त्रीसरहकै सेवासुविधा पाउने गरी नियुक्त गरिएका उनलाई बिहीबार अर्काे लाभको पद राजदूतका लागि सिफारिस गरिएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ता र सत्तारुढ नेकपाका नेताहरुले उनलाई भाग्यमानी व्यक्तिको रुपमा चित्रण गरिरहेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालादेखि गणतन्त्रका प्रधानमन्त्री ओली सरकारको पालासम्म डा. खतिवडा एकपछि अर्काे लाभको पदमा नियुक्ति भइरहेका छन् । सत्ताको मालिकलाई प्रभावमा पार्न माहिर देखिएका उनी आफूले चाहेको पद हत्याउन सफल देखिए ।

पार्टीमा जेलनेल भोगेका कार्यकर्ताले अवसर नपाइरहेका बेला कर्मचारीतन्त्रबाट आएका डा. खतिवडा ओली सरकारको पालामा राष्ट्रिय सभा सदस्यबाट अर्थमन्त्री, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार हुँदै अहिले अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

२०५८ जेष्ठ १९ गते राजदरबार हत्याकाण्डपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह राजा बने । त्यसपछि उनी सक्रिय राजतन्त्रको पक्षमा उभिन थाले । यसैक्रममा २०५९ असोज १८ देखि ‘शाही कू’को प्रस्थानमा अघि बढे । २०५९ असोज १८ को ज्ञानेन्द्रको कदमलाई नेपाली राजनीतिमा ‘सफ्ट कू’को रुपमा लिइने गरेको छ ।

यही बेला डा. युवराज खतिडा राष्ट्र बैंकको पद ग्रहणाधिकार (लियन)मा राखेर राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भए । यसका लागि उनले निकै पापड बेल्नु परेको थियो । योजना आयोगको सदस्यबाट कार्यकाल सकिएपछि एसियाली विकास बैंकको जागीर खान डा. खतिवडा श्रीलंका पुगे । पछि २०६६ मा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि डा. खतिवडालाई योजना आयोगको उपाध्यक्ष बनाइयो ।

तत्कालीन प्रधानमन्त्री नेपालले योजना आयोगको उपाध्यक्ष रहेका डा. खतिवडालाई राष्ट्रबैंकको गभर्नर बनाए । जुन आयोगको उपाध्यक्षभन्दा मर्यादाक्रममा तल्लो मानिन्छ । तर, खतिवडाको रहर पूरा गर्न नेता नेपालले उनलाई गभर्नर बनाएका थिए । यसपछि २०७२ असोज ३ गते संविधान जारी पश्चात तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भयो । ओलीले पुनः खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए ।

त्यसपछि नयाँ संविधानअनुुसार मुलुकको तीन तहका निर्वाचन भए । जसमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त प्यानलले दुई तिहाइ नजिक बहुमत ल्यायो । फेरि ओली नै प्रधानमन्त्री भए । यस मौकालाई डा. खतिवडाले मजाले उपयोग गर्न सफल भए । उनी राष्ट्रिय सभाको सांसद बने । राष्ट्रिय सभाको सांसद बनेसँगै अर्थमन्त्री पनि बन्न सफल भए ।

तर, प्रत्येक दुई दुई वर्षमा राष्ट्रिय सभाको एक चौथाइ सदस्यको पदावधि सकिने प्रावधान छ । यसअनुसार उनको गत फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकियो । अर्थमन्त्रीबाट उनले राजीनामा दिए । तुरुन्तै प्रधानमन्त्री ओलीले उनलाई फेरि अर्थमन्त्रीमा नियुक्त गरे । ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेकाले अर्थमन्त्रीबाट स्वतः अवकाश पाउने भएपछि गत भदौ १९ गते मन्त्री पदबाट खतिवडाले राजीनामा दिए ।

यसपछि फेरि मन्त्री पद सरहको सेवासुविधासहित उनलाई प्रधानमन्त्री ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । र यसपछि बिहीबार (असोज १५) सरकारले डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतका लागि सिफारिस गरेको छ ।  २०५८ सालदेखि सत्तालाई प्रभाव पारेर शक्तिशाली लाभको पदमा बसिरहन सफल डा. युवराज खतिवडाले राजतन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आफूले चाहेको पदमा बसिरहन सफल भए । Canada Nepal

यो पनि पढनुहोस्