Tuesday, September 27, 2022

आफ्नो पहिलो कामको नजिता हेर्न उत्साहित छु – सुजन कोईराला


YOU MAY LIKE
MGID

भर्खर मात्र सार्बजनिक भएको छ “जीवन साथी”को टिजर । यो गित लोक दोहोरीलाई मन पराउने दर्शकहरुको लागि नयाँ स्वाद पनि हुन सक्छ । सुजन कोईराला नेपाली लोक गितको लागि कुनै नौलो नयाँ नाम त होइन उनले अभिनय गरेका धेरै गित सँगित बजारमा उपलब्ध छन । कलाकालरहरुको लागि निकै उर्वर मानिएको माटो स्याङ्जा जिल्लामा जन्मेर

अहिले काठमान्डौमा बसेर आफ्नो भबिस्य गित सँगितमा खोजिरहेका कोईराला अब भिडियो सम्पादन तथा निर्देशनमा पनि अगाडी बढ्न थालेका छन । उनले सम्पादन तथा निर्देशन गरेको पहिले गितको टिजर आज मात्र सार्बजनिक भएको छ । पुरा गित भने असोज २४ मा आउने छ, उनले भने यो मेरो पहिले काम हो ।

त्यसैले पनि यो गितमा दर्शक श्रोताहरुले कस्तो प्रतिकृया दिन्छन आफु एकदमै हेर्नको लागि आतुर र उत्साहित भएको बताएका छन ।  कमल सुसास्त के सी र सञ्जीता श्रेष्ठको स्वर रहेको जिवन साथी बोलको गितमा आकास क्षेत्रीको शब्द कमल सुसास्त के सी को मन छुने लय सिर्जना रहको छ ।  चर्चित एरेन्जर बिनोद बाजुरालीले गितको एरेन्ज गरेका छन भने खड्क बाजुरालीले गितको मिक्सिङ गरेका हुन ।

सुजन कोईराला यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गितको म्युजिक भिडियोमा सागर गौतमको छायाँकन सन्तोष महराले ड्रोन खिचेका छन । सार्बजनिक भएको जिवन साथी बोलको गितको म्युजिक भिडियोको टिजरमा आकाश क्षेत्री र जनिता खत्रीको अभिनय रहेको छ ।

सार्बजनिक गितको तिजरमा सुजन कोईरालाले भिडियो सम्पादन गरेका छन भने उनी आफै यो गितमा निर्देशन पनि गरेका छन । कोईराला को यो भन्दा पहिले धेरै गितको म्युजिक भिडियो बजारमा छन । निर्देशन र सम्पादन भने पहिलो पटक गरेको हुदा आफ्नो कामलाई दर्शक श्रोताहरुले मन पराईदिनेमा आशा एंव विश्वास रहेको बताएको छन ।

साथै उनले दर्शक श्रोताहरुलाई असोज २४ सम्म कुरेर आफ्नो काम हेरेर माया गरिदिए आगामी दिनमा अझै नयाँ नयाँ कामहरु नियमित गर्ने बताएका छन ।  हेर्नुहोस सार्बजनिक भएको टिजर

यो पनि पढनुहोस्