Tuesday, September 27, 2022

को’रोना संक्रमित क्याप्टेन लामा भन्छन्, यो रोगलाई सामान्य नठान्नुस् !


YOU MAY LIKE
MGID

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले को’रोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । को’रोना संक्रमण भएर स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देश मार्फत उहाँले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गर्नुभएको हो ।

उहाँले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै, आफू चाँडै निको भएर विदेशमा रहेका नेपाली लाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताउनुभएको छ । क्याप्टेन लामाले आफू स्वस्थ्य भइरहेको र रोग जसलाई पनि लाग्न सक्ने भन्दै को’रोना लाग्दैमा नआत्तिन पनि सुझाउनुभएको छ । उहाँले आफू स्वस्थ्य हुनुमा अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरु लाई धन्यवाद समेत दिनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार सुरु हुनै लागेको छ । सोमवार स्थगित भएको बैठक मंगलवार मध्यान्ह १२।३० वाट सुरु हुने बताइएको छ । मंगलवारको बैठक बालुवाटारमै बस्ने छ । नेकपा गठन भएपछि पहिलो पटक आइतवार पेरिसडाँडामा बैठक बसेको थियो ।

बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउने बताइएको छ। यस्तै संबैधनिक आयोगको पदाधिकारी नियुक्तिको विषयमा पनि त्यसका लागि पदाधिकारी चयनका आधार तय गर्नेछ। मन्त्रिमण्डल पुनर्गठनको विषयमा तीनवटा प्रस्ताव प्रस्तुत भएका छन्।

प्रधानमन्त्रीबाहेक सबैलाई राजीनामा गराएर पुरै नयाँ ढंगबाट मन्त्रिमण्डल गठन गर्ने, राम्रो काम गरेकालाई राखेर बाँकीलाई हटाउने र खालि रहेका मन्त्रालय र अन्यमा सामान्य फेरबदल मात्रै गर्ने प्रस्तावहरुमाथि छलफल भएपनि टुंगो लागेको छैन।

पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा रहेको नेताहरुको भनाइ छ। आजको बैठकमा यसबारे एउटा समझदारी बनाएर छनोट गर्ने जिम्मा अध्यक्षद्वयलाई दिने संभावना रहेको एक सचिवालय सदस्यले बताए।

‘आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे मापदण्ड बनाएर नाम छान्ने जिम्मा अध्यक्षद्वयलाई दिनेछ र संबैधानिक आयोग पदाधिकारी नियुक्तिबारे पनि एउटा क्राइटएरिया बनाउनेछ,’ ती सचिवालय सदस्यले भने। source Etajkhabar

 

यो पनि पढनुहोस्