Tuesday, September 27, 2022

सिटी एक्स्प्रेसद्वारा ‘गल्बन्दी टिकटक च्यालेन्ज प्रतियोगिता’ ! जित्नुहोस् पुरस्कार


YOU MAY LIKE
MGID

काठमाडौं, ३१ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिकटक प्रयोगकर्ताहरुका लागि रमाइलो कार्यक्रम अगाडि सारेको छ । कम्पनीले ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गर्ने घोषणा गरेको छ ।

लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गल्बन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको छ । सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम , द्वितीय तथा तृतीय उत्कृष्ट भिडियोले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

त्यस्तै, छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५०० बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । कम्पनीका अनुसार भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरी सक्नु पर्नेछ जसको नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि मलमास छल्न पुरुषले छोडे घर – स्याङजा : स्याङ्जा सदरमुकाम निवासी रोशन लामिछाने असोज १ गते ससुराली पुगे। मलमास छल्न र ससुराली भेटघाटका लागि गएको उनले बताए। सधैंजसो काममा व्यस्त हुने लामिछानेले मलमास छल्ने बहानामा ससुराली भेटघाट गर्ने अवसर बनाए। उनले ३ दिन ससुराली बसेर मलमास छल्ने बताए ।

यसैगरी, निजामति सेवाका कर्मचारी गोबिन्द सुवेदी पनि एक साताका लागि घर नआउने भएका छन्। उनले पनि मलमास छल्नका लागि आफू कार्यरत कार्यालय नजिकै डेरा बसाउने भएका छन्। शुक्रबार बिहानै झिसमिसेमै घरबाट निस्केका उनी एकसाता मलमास छलेर मात्र फर्किने जनाए।

यी त केही उदाहरण मात्र हुन्। उनीहरुजस्ता धेरै पुरुषहरुले असोज २ गतेदेखि सुरु भएको मलमास छल्नका लागि घर वा डेराबाटै बाहिरिएका छन्। मलमासमा विवाह गरेमा गृह सुख हुँदैन, गर्भाधान गरेमा बच्चा रोगी जन्मिने, नव विवाहित दाम्पत्तीका लागि अधिक मासमा अलग बस्नु राम्रो हुने शास्त्रीय मान्यता रहेकाले नवविवाहित पती पत्नीसँगै नबस्ने भएका हुन्।

मलमासका लागि ३ देखि ७ दिन बार्नु पर्ने मान्यता छ। केही वर्ष पहिलो भने मलमास बार्नका लागि महिला माइत जाने गर्दथे। पतीपत्नी एउटै घरको धुरी र एउटै पधेंराको पानी पनि खान हुँदैन भन्ने पुरानो मान्यता थियो। तर, अहिले ती मान्यता परिवर्तन भएका छन्।

कामकाजी महिला बढेसँगै यी सबै मान्यता पुरा गर्न ती महिलालाई कठिन छ्। घरदेखि कार्यालयसम्मको जिम्मेवारी पुरा गर्नुपर्ने भएकाले पुरुष नै घर बाहिर बसेर सघाएमा सहज बन्ने लामिछानेको भनाइछ। यसवर्षको मलमास असोज २ देखि ३० गतेसम्म परेको छ। मलमासलाई अधिकमास पनि भनिन्छ।

गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । मलमासलाई पुरूषोत्तम मास पनि भनिन्छ। अधिकमासमा पुरूषोत्तममाहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा छ। अधिक मासमा कुनै पनि शुभ कर्म वा साइ हुँदैनन् । यसै हुनाले मलमासभरी कुनै पनि शुभकार्य जुर्दैन। नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुँदैन । मलमासले गर्दा यस वर्ष दसैं तिहार लगायतका पर्व पछि सरेका हुन् ।

तर, हाम्रा धर्मग्रन्थहरु हजारौं वर्ष पहिले ऋषि मुनिद्वारा लेखिएकाले सकारात्मक पक्षलाई हेरी आफ्नो मन, वचन, कर्म शुद्ध गर्न जरुरी रहेको ज्योतिष चक्रपाणी डु्रमेले बताए । पौराणिक मान्यता अनुसार कुनै ग्रह वा देवी देवताले यो मासको अधिपत्य लिन नमानेपछि श्रीकृष्णले यसको स्वामित्व ग्रहण गरेको हुनाले यसलाई पुरुषोत्तममास पनि भनिएको हो। अन्नपुर्ण पोष्टबाट

यो पनि पढनुहोस्