Monday, September 26, 2022

गं’गालाई मिलेन कसैको पनि सा’थ, नन्दको जिम्मा हामी लिन्नौं भन्दै भाउजु आईन मिडियामा (हेर्नुस् भिडियो)


YOU MAY LIKE
MGID

आज भोली कुनै पनि घटना घट्ने हो भने त्यो घटना थाहा पाउनको लागि एकै छिन पनि लाग्दैन । किन की आजभोलीका यी सामाजिक सञ्जालहरुले यो पृथवीलाई यति सानो बनाईदिएको छ की कुनै पनि  घटना थाहा पाउनको लागि यु ट्युव तथा फेसबुक हेरे देश दुनियाको खवर छिन भरमै आफ्नो मोबाईलमा । यस्तै एउटा घटना सुर्खेतमा घट्यो त्यो घटना आगो सल्कि झै सामाजिक सञ्जालमा यत्रतत्र भयो ।

सुर्खेतमा अहिले केही दिन यता एउटा सोच्नै नसक्ने घटना सार्वजनिक भएपछि सामाजिक सञ्जाल युट्युव सञ्चालकहरुको भिड सुर्खेतमा लागेको छ । २४ वर्षीया गंगा विकले आफ्नो जेठाजुको छोरासंगको सम्बन्धमा बच्चा जन्माएको दावी गर्दै युट्युवमा सार्वजनिक भएपछि या घटनाले चर्चा पाएको छ । गंगाका श्रीमान २ वर्ष देखि प्रदेशमा छन् । आफ्नो घरमा दुई छोरीका साथमा बसेकी गंगा गएको कात्तिक महिना देखि नै बेलाबेलामा घर छोड्दै हिड्दै गर्ने गरेकी थिइन् ।

मंसिर महिना देखि नै माइतमा बस्दै आएकी गंगाले भदौमा बच्चा जन्माएर आएपछि खैलाबैला भएको थियो । उनले आफ्नै जेठाजुका १४ वर्षीय छोराको गर्भ वोकेको दावी गर्दै आफुले जन्माएको बच्चालाई न्याय दिनुपर्छ भनेर आएपछि खैलाबैला भएको हो । तर उनले आरोप लगाएका जेठाजुका छोराले भने गंगाको आरोप अस्विकार गरेका छन् । अहिले गंगा फेरी माइतीकै संरक्षणमा बसेकी छन् । गंगाको सो दावीलाई सामाजिक सञ्जाल हेर्नेहरु र स्वयं गंगाका माइतीले पनि स्वीकार गरेका छैनन् ।

गंगाको भाउजु देउकला विकले आफ्नै नन्दको गल्ती भएको भन्दै गंगाको जिम्मा नलिने बताएकी छन् । घरमा गल्ती गरेर माइत आउने अनि हामीलाई यस्तो दुख दिन पाइन्न उनले भनिन्, हामी पनि जिम्मा लिन्नौं । उनले बच्चाको बुवा अरु कसैको भएपनि अहिले पनि सत्य कुरा बोल्न सुझाव दिएकी छन् । अरुको छोरालाई त्यसै दोष दिन मिल्दैन, आफुलाई छोराले त्यस्तो गलत नजरले हेरेको भएपनि माइतीलाई केही नभनेका कारण नन्दकै गल्ती भएको बताइन ।

अहिले अनेक प्रविधि थियो जे पनि गर्न सकिन्थ्यो हामीले किन पेट यस्तो भएको हो भनेर सोध्दा पनि उनले पेटमा पानी जमेको भनेको छ भन्दै हामीसंग झुटो बोल्नुभयो, उनले भनिन्, आफ्नो घरवाट माघको महिनावाट निस्केर कहिले नेपालगन्ज त कहिले दैलेख गएको बताएको बताइन् । नयाँताजा अनलाईनबाट हेर्नुस् भिडियो

यो पनि पढनुहोस्