Monday, September 26, 2022

स्वास्थ्यमन्त्री ढकालकै परिवारमा को’रोना पुष्टि, मन्त्री ढकाल क्वारेन्टिनमा !


YOU MAY LIKE
MGID

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई को’रोना पुष्टि भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई को’रोना पुष्टि भएको हो । परिवारकै सदस्यमा को’रोना पुष्टि भएपछि मन्त्री ढकाल पनि अहिले क्वारेन्टिनमा बस्नुभएको छ ।

मन्त्री ढकाल हाल आफ्नै निवासमै क्वारेन्टिनमा बसेके बताउनुभएको छ । मिडियासंगको टेलिफोन सम्पर्कमा उहाँले आफु क्वारेन्टिनमा बसेको बताउनुभएको हो । परिवारका सदस्यमै को’रोना पुष्टि भएपछि उहाँ कन्ट्याक ट्रेसिगंमा परको कारण क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । उहाँले आफुलाई को’रोना नभएको भएपनि परिवारको सदस्यलाई पुष्टि भएका कारण क्वारेन्टिनमा बसेको बताउनुभयो । मन्त्रालयको काम अहिले क्वारेन्टिनबाट नै हेरिरहेको उहाँको भनाई छ । काठमाडौमा पछिल्लो समय भिआइपीहरु नै को’रोनाको जोखिममा परको छन् ।

मन्त्रीहरु कन्ट्रयाक ट्रेसिगंमा परेका छन् भने केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ । यस अघि गृहमन्त्री, रक्षामन्त्री लगायत पनि कन्ट्रयाक टेसिगंमा परेका कारण आइसोलेसनमा बसेका थिए । काठमाडौ महानगरपालिकाका मेयर लगायत केही जनप्रतिनिधिहरुलाई को’रोना पुष्टि भएको छ ।

यो पनि : पत्नीको हौसलाले को’रोना सङ्क्रमित बोकिरहेछन् जङ्गबहादुर भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । को’रोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जङ्गबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ । गत जेठ २२ गते उहाँले पहिलोपल्ट मेचीनगर–४ स्थित क्वारेन्टिनबाट को’भिड–१९ का एक सङ्क्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको को’भिड हस्पिटल लागेका थिए । “

शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो”, हालसम्ममा एक सयभन्दा बढी सङ्क्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पुर्याका उनि भन्छन्, “त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपार्इं एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।”

मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय जङ्गबहादुर खड्का नगरपालिकाले कोरोना सङ्क्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नंको एम्बुलेन्सका चालक छन् । उनले जेठ २२ गतेयता को’भिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना सङ्क्रमितलाई उपचारका लागि पुर्याईसकेका छन्। उनले भने, “सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो म त्यही पूरा गर्दैछु ।”

जङ्गबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी छिन । कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले आँैल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमान्लाई को’रोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आएकी छन् । “जब जब को’रोना सङ्क्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ”, उनले भने ।

सङ्क्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी उनले राम्ररी पालना गरेको बताए । सङ्क्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उहाँ घर पनि गएका छैनन् । कहिलेकाहीँँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए ।

नगरपालिकाले उनलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ । धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उनि कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आएका छन् । जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत सङ्क्रमितलाई अस्पताल पु¥याउन बोलाउनासाथ तयार भएर खटिने उनको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सुनाए । Source : Etajkhabar

 

यो पनि पढनुहोस्