Saturday, September 24, 2022

एक बर्षका बालकले जिउँदै सर्प निल्दै गरेको आमाले देखेपछि !


YOU MAY LIKE
MGID

काठमाडौं। एक बालकले आफ्नो घरमा खेल्ने क्रममा सर्प निलेका छन् । एक बर्षका बालकले सर्प निलेको घटना पछिल्लो समय चर्चामा आएको छ । घरमा खेल्दा खेल्दै एक बर्षका बालकले जिउँदै सर्प मुखमा हालेको बताइएको छ । यो घटना भारत उत्तर प्रदेशको बरेली जिल्लाको हो । बालकले घरमा खेल्दाखेल्दै सर्प निलेको समाचार भारतिय मिडिया टाइम्स अफ इण्डियाले लेखेको छ ।

बरेलीको फतेहगंज पश्चिमी थानाक्षेत्र भोलापुरमा एक बर्षका बालकले जिउँदै सर्प निल्दै गर्दा उनकी आमाले देखेकी थिइन् । आमा देखे लगत्तै सर्पको पुच्छर समातेर बाहिर निकालेको बताइएको छ । शनिबार घरमै खेलिरहेको बेला बालकले सर्प टिपेर मुखमा राखेपछि बिस्तारै भित्र गएको थियो । आमाले देखे लगत्तै तुरुन्तै पुच्छर समातेर तानेकी हुन् । मुखबाट बाहिर निकाल्दा सर्प भने मरिसकेको र डाक्टरले पनि बालक ठिक रहेको बताएको भारतिय मिडियामा जनाइएको छ । क्यानडा नेपालबाट

यो पनि नेपाल-भारत वार्ताका लागि गहन पहल – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो।

दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। नेपाल-भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ। यद्यपि ती बैठकको मिति तय भइसकेको छैन।

दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल-भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ। ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत तयारी भइरहेको छ’, परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने। यसअघि भदौ १ मा नेपाल-भारत संयुक्त निगरानी संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिज्म)को बैठक बसेको थियो। बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए।

निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। ‘नेपाल-भारत विभिन्न संयन्त्रको बैठकको तयारी भइरहेको छ। केही बैठक भइसकेका छन्’, भारतीय दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘दुई प्रधानमन्त्रीबीचको टेलिफोन संवादपछि सकारात्मक दिशामा सम्बन्ध अघि बढिरहेको छ।’ दुई मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुने ती अधिकारीले बताए।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको थियो। त्यसपछि दुई देशबीच औपचारिक संवाद भएको थिएन। सामान्य कूटनीतिक सम्बन्धबाहेक राजनीतिक स्तरमा छलफल ठप्प थियो। प्रधानमन्त्रीबीच संवाद भएपछि परराष्ट्र सचिवस्तरीय बैठकको तयारी भइरहेको छ। परराष्ट्र सचिवस्तरीय बैठकका लागि दुवै मुलुकका अधिकारीहरू तयारीमा जुटेका छन्। त्यसपछि दुई मुलुकबीच बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठक हुनेछ।

यहीबीच भारतीय राजदूत विनयमोहन क्वात्रा नयाँ दिल्ली पुगी नेपालको पछिल्लो राजनीतिक अवस्था र केही महिनायता सम्बन्धमा देखिएका समस्याबारे ब्रिफिङ गरेर फर्किएका छन्। दिल्लीमा रहँदा राजदूत क्वात्राले सचिवस्तरीय वार्ता, बाउन्ड्री वर्किङ ग्रुपलगायत अन्य संयन्त्रको बैठक गर्नेबारे त्यहाँका परराष्ट्रका अधिकारीहरूसँग छलफल गरेको स्रोतले बताएको छ। भारत जानुअघि राजदूत क्वात्राले प्रधानमन्त्री केपी ओलीसँग अनौपचारिक छलफल गरेका थिए। प्रधानमन्त्री ओलीको सन्देश लिएर उनी गएका थिए।

राजदूत क्वात्राले दिल्लीमा विदेश सचिव र विदेशमन्त्रीलाई नेपालका राजनीतिलगायत विविध पक्षबारे ब्रिफिङ गरेका थिए। दिल्ली जानुअघि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छुट्टाछुट्टै अनौपचारिक छलफल गरेका थिए। दिल्लीबाट भदौ ९ गते नेपाल फर्किएका क्वात्रा अहिले सेल्फ क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनको अवधि सकिएपछि राजनीतिक भेटघाट गर्ने स्रोतले जनायो।

नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले सचिवस्तरीय वार्ताको मिति र एजेन्डाबारे आन्तरिक गृहकार्य गरिरहेका छन्। परराष्ट्र सचिवस्तरीय बैठकमा नेपाल-भारत पछिल्लो सम्बन्ध, रक्सौल-काठमाडांै रेलमार्गलगायत अन्य परियोजनाबारे छलफल हुनेछ। सचिवस्तरीय बैठकमा रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर गर्नेबारे केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले बताएको छ। परराष्ट्र सचिवस्तरीय बैठकलगत्तै सीमा विवादबारे छलफल गर्न नेपाल-भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठक बस्ने तयारी रहेको स्रोतले बताएको छ। उक्त बैठकमा पछिल्लोपटक नेपाल र भारतबीच उत्पन्न सीमा विवादबारे छलफल हुनेछ। अन्नपुर्णबाट

यो पनि पढनुहोस्