Monday, September 26, 2022

७० करोड का’न्ड : अख्तियारले यस्तो पत्र जारी गरेपछि, मान्छेको भागाभाग !


YOU MAY LIKE
MGID

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागिएको घटनालाई चाँडै टुंग्याउने तयारी गरेको छ । त्यसका लागि अख्तियारले बुधबार विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । जबकि मिश्र दुई महिनाअघि नै जापान भागिसकेको समाचार आइसकेको छ ।

अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ । तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि मिश्रलाई बोलाएको हो । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए । सो अडियो मिश्रले नै गोप्य रुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप लगाउँदै बास्कोटाले उनलाई कारबाही गर्न अदालतमा मुद्दा हाल्नुभएको छ ।  मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए । मिडिया डबलीबाट

यो पनि पढनुहोस्