Saturday, October 1, 2022

बामदेवका कारण ओली–प्रचण्डबीच फेरी टकराव, अवस्था जटिल हुने संकेत !


YOU MAY LIKE
MGID

काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले नयाँ मोड लिएको छ। खासगरी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयले नयाँ विवाद सुरु भएको हो। प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा अर्थमन्त्री डा। युवराज खतिवडालाई लैजाने की गौतमलाई लैजाने भन्ने विषयमा दिएको अभिव्यक्तिपछि पार्टीभित्र नयाँ तरङ्ग सृजना भएको छ ।

केही दिन प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने ‘च्याप्टर क्लोज्ड’ भएको बताउनुभएको थियो ।

यसपछि गत साउन १३ गते ६ बुँदे प्रस्ताव प्रस्तुत गर्दै ओली क्याम्पमा जानुभएका उपाध्यक्ष गौतम प्रधानमन्त्रीको सो अभिव्यक्ति पछि असन्तुष्ट बन्नुभएको छ । राष्ट्रिय सभा हुँदै उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुने चाहनाले मूर्तरुपमा नपाउने देखिएपछि गौतमले एक्सन लिन थाल्नुभएको छ । ओलीको साथ छोड्न सक्ने गौतमको संकेतले नेकपामा पुनः नयाँ राजनीतिक दृश्य देखिने भएको छ । प्रचण्ड क्याम्पमा फर्केने गौतमको संकेतले ओलीलाई झस्काएको छ ।

पार्टीभित्र ओली–प्रचण्डबीच केही राजनीतिक नियुक्तिलाई लिएर टकराव बढिरहँदा गौतमले क्याम्प परिवर्तन गर्ने संकेत दिएर दुई अध्यक्षबीचको विवादलाई नयाँ मोडमा धकेलिदिन खोज्नुभएको छ । आफूलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको विगतको निर्णय कार्यान्वयन हुनुपर्ने गौतमको माग छ । मिडियाडबलीबाट हाम्रा अन्य समाचार पनि पढ्नुहोस्…

यो पनि पढनुहोस्