Tuesday, September 27, 2022

“सुरु भयो कुलमान घिसिङ चाहिन्छ अभियान ” यी कालाकारहरुले पनि दिए साथ (सक्दो सेयर गरौं)


YOU MAY LIKE
MGID

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल अब केही दिन भित्र माात्र सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक संजालमा जताततै आवाज उठ्न थालेको छ । बिभिन्न सामाजिक अभियाान्ताहरुले आभियान्ताहरुले यो अभियान्ताहरुले साथ दिएका छन भने बिभिन्न नेपालीहरु साथै कलाकारहरुले यो अभियानमा साथ पनि दिएका छन ।

कलाकार हरिवंश आचार्य लेख्छन् यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ । हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस कोरेका हुन् । नायिका करिश्मा मानन्धरले त कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणमा चाहिने उल्लेख गरेकी छिन् । करिश्मा लेख्छिन्  थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।

चर्चित गायक शिव परियारले पनि पुन एकपटक कुलमान घिसिङले विद्युत प्राधिकरण हाकेको हेर्न चाहेको उल्लेख गरेका छन् । उनी लेख्छन् म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुन एक पटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु । अहिले देशलाई अहिले मात्र हैन सधैभरि देशलाई उज्यालो चाहिएको छ । अब नेपाल सरकारको निर्णय कुरेको छु हेरौं ।

आशा छ उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ । यस्तै चर्चित कमेडिएन मनोज गजुरेल आफ्नो सामाजिक सञ्जालमा लेख्छन बहुमत जनता कुलमानलाई दोहोर्याउनु पर्छ भन्दैछन् भने बहुमतको सरकारुलाई यसो गर्न कुन मतले छेक्छ ओके छ त भनेर समयको माग र जनताको चाहानाको कदर गरे भैगो । श्री कुलमानलाई नै सदर गरे भैगो । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा यो अभियान निकै चर्चिरहेको छ ।

यो पनि पढनुहोस्