Tuesday, September 27, 2022

कोरोना सँग लडिरहेका डाक्टर नर्सहरुको सम्मान गरौं: बर्षा सिवाकोटी


YOU MAY LIKE
MGID

अहिले कोरोना भाईरस कोभिड १९ ले बिश्व आक्रान्त बनेको छ । यो समयमा यतिबेला सिङगो देश नै कोरोना भाईरस सँग लडिरहेको छ । यसमा प्रमुख योद्दा तिनै डक्टरहरु रहेका छन । उनीहरु आम जनता र सिङगो देशलाई बचाउनको लागि फ्रन्टलाईनमा खटेर काम गरिरहेका छन । तर तिनै डाक्टर नर्सहरुलाई बिभिन्न हेपाहा प्रबिती तथा दुर्बबहार देखाउने काम निरन्तर भईरहेको छ । यही कुराहरुले गर्दा बिभिन्न संघ सस्थाहरु तथा कलाकारहरुले उनीहरुलाई सम्मान र हौसला दिनुपर्ने बताएका छन ।

यसै बिच नेपाली चलचित्रकी चर्चित नायिका  वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर नर्सहरुको सम्मान गर्न आग्रह गरेकी छिन् । केही दिन अगाडि काठमाण्डौमै डाक्टरहरु बसेको होस्टेल घेर्न मानिसहरुको पुगेको खबर सार्वजनिक भएको थियो । उक्त घटनाको चौतर्फी विरोध भैरहेको समयमा वर्षाले भनेकी छिन् यो समयमा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ ।

साथै स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन गर्न पनि उत्तीकै जरुरी छ । यस्तो जटिल परिस्थितीमा एक अर्काको लागि सहयोग माया सद्भाव राख्नु अत्यन्त आवश्यक छ । वर्षाले केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको डाक्टर नर्सहरुमा पनि संक्रमण देखिएपछि उनीहरुलाई नै टोल छिमेकका मिलेर दुव्र्यवहार गरिएको भन्दै यस्तो प्रवृत्ती अशोभनिय रहेको बताएकी छिन् ।

उनले मानवताको नाताले पनि यस्तो अवस्थामा एक अर्कालाई साथ दिन र सहयोग गर्न अपिल गरेकी छिन् । खैर जे भए पनि हामीलाई बचाउने सुरक्षित राख्नको लागि खटिरहने डाक्टर नर्सहरु लाई उच्च सम्मान र साथ दिदै आम समुदाय पनि अनावश्यक रुपमा बाहिर जादा अनिवार्य माक्सको प्रयोग गर्नुहोला । अनलाईन खबरबाट

यो पनि पढनुहोस्