Saturday, October 1, 2022

दुखद खबर – क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृ’त्यु !


YOU MAY LIKE
MGID

काठमाडौँ । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको ज्यान गएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।

शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो। शरिरको अधिकांश भाग जलेको कारण उनको उपचारको क्रममा विहान ९ बजे मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले जानकारी दिनुभयो । उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ। मिडिया डबलीबाट

यो पनि भयावह स्थिति आउन सक्ने भन्दै काठमाडौं उपत्यकामा फेरी लागु हुने भयो यस्तो नियम – काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा को’भिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ । त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३५८ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ९६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।

यसै क्रममा सरकारले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रण दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

उक्त समूहका नागरिकलाई कोरोना जोखिम बढी हुने भन्दै काठमाडौं र काठमाडौंजस्तै घनाबस्ती भएका ठाउँमा घरबाट बाहिर ननिस्कन अनुरोध गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । स्वास्थ्यमा विशेष ध्यान दिन सके को’रोनाबाट बच्न सकिने भन्दै डा. गौतमले स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गरे।

नाक र मुख छोपिने गरी मास्क लगाउने, घर वा कार्यालय छिर्नु अगाडि साबुन पानीले हात धुने,पसल कार्यालय सार्वजनिक स्थलमा चिनेका वा नचिनेका व्यक्तिबाट २ मिटर टाढा बस्न र सकेसम्म घरबाहिर नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

दिनहुँ कोरोनाका नयाँ संक्रमित थपिएपछि मन्त्रालयले काठमाडौंमा नयाँ रणनीति अपनाउन थालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको जानकारी दिएका छन् । उनले अब बाहिरी जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍ने, जोरबिजोर प्रणालीबाट गाडी चल्न दिने र पिसिआर परीक्षणको दायरालाई पनि बढाउने बताएका छन् ।

मन्त्रालय अब यहि नयाँ योजना साथ अघि बढ्ने उनले बताएका छन् । काठमाडौंमा सानो हेलचेक्र्याइँले कोरोनाको डढेलो लाग्‍न सक्ने भएकाले तत्काल मन्त्रालयको योजना लागू गर्ने तयारीमा रहेको पनि उनले बताएका छन् । हामीले पिसिआर परीक्षण बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गर्नुपर्छ। काठमाडौंमा होम क्‍वारेन्टाइन र स्थानीय क्‍वारेन्टाइनको ग्यारेन्टी गर्न सक्नुपर्छु, उनले भने, ‘यदि त्यसो भएन भने यति सघन जनसंख्या रहेको काठमाडौंमा आगो सल्किने सम्भावना छ।’

उनले काठमाडौंमा कोरोना संक्रमितको संख्या यसरी नै बढ्दै जाने हो भने नियन्त्रण गर्न नसकिने बताएका छन् । सानो शहरमा भन्दा काठमाडौंमा बढी चुनौती रहेकाले सम्बेदनशिल भएको उनको भनाई छ ।

अहिले देखिएको संक्रमितको दरको अवस्थाको वृद्धिदर अझै बढ्दै गएमा काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन्। ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्‍वारेन्टाइनमा राख्‍ने गरी व्यवस्थापनमा हामीले जोड दिनुपर्ने उनको भनाई छ ।

दोस्रो गाडी पनि जोरबिजोर प्रणालीमा गइयो भने एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सकिने भएकाले पनि त्यस्तो योजना बनाएको उनको भनाई छ ।अतिआवश्यक ठाउँमा हामीले पिसिआरका निम्ति स्वाब संकलन गर्ने निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने गरी लाग्‍नुपर्छ। उनले भने ।

पिसिआर परीक्षण बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गर्नुपर्ने योजनामा मन्त्रालय रहेको मन्त्री ढकालको भनाई छ । सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि कोरोनाको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र कोरोना देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले तर्क छ ।

काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा कोरोना पुष्टि भएको देखिनुले पनि अब आवागमनलाई कडाई गर्नुपर्ने मन्त्री ढकालको भनाई छ । वीरगन्जमा देखिएको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने जरुरी रहेको उनको भनाइ थियो। आवतजावत पूर्णरुपमा बन्द गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ। तर लकडाउनमा सबै नागरिकले साथ दिएकाले कोरोना रोक्न केही हदसम्म सफल भएको उनले बताए।

उपत्यकामा फेरि जोर बिजोर लागु गर्न प्रस्ताव – क्रममा उपत्यकामा संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ । सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ ।

तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोर बिजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

यो पनि पढनुहोस्