Tuesday, September 27, 2022

पुर्व-एमालेहरु नसुध्रिए पार्टी एकता भंग हुन्छ : प्रचण्ड !


YOU MAY LIKE
MGID

काठमान्डौ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन लागेको आरोप लगाउँदै कडा ढंगले प्रस्तुत हुनुभएको छ । केही महिनायता नेकपामा देखिएको संकट केपी ओलीकै कारण पैदा भएको भन्दै उहाँले ओलीले नै एमाले नामको दल निर्वाचन आयोगमा दर्ता गराउन पहल गरेको आरोप लगाउनुभएको छ ।

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसका सन्दर्भमा शुक्रवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विचार र संघर्षको बलमा मात्र पार्टी एकता हुने उल्लेख गर्नुभयो । उहाँले २०१४ सालमा कम्युनिस्ट पार्टीको नीति पुष्पलालको र नेतृत्व अर्कैको भएको स्मरण गर्दै त्यसले कम्युनिस्ट आन्दोलन धरासायी बनाएको टिप्पणी गर्नुभएको छ ।

पार्टी फुट्न पनि सक्छ – प्रचण्डले पार्टीभित्र चलेको संघर्ष समाजमा चल्ने संघर्षको प्रतिविम्ब रहेको बताउनुभयो । जबसम्म कम्युनिस्ट पार्टी रहन्छ तबसम्म पार्टीभित्र संघर्ष चलिरहन्छ । समाजमा चलेको संघर्षकै रिफ्लेक्सन पार्टीभित्र चल्ने हो,’ उहाँले भन्नुभयो, ‘एकता, संघर्ष र रूपान्तरणपछि नयाँ आधारमा एकता हुन पनि सक्छ र फूट पनि हुन सक्छ । प्रचण्डले एकता विधि र पद्धतिका आधारमा हुने कुरामा जोड दिँदै भने, ‘एकता चोचोमोचो मिलाएर हुने कुरा होइन । विचार संघर्षको बलमा नै कम्युनिस्ट पार्टीभित्र एकता हुने हो ।

एकता संघर्षद्वारा हासिल गरिने कुरा हो । संघर्षबाट एकतै प्राप्त हुन्छ भन्ने कुनै जरुरी छैन । एकता संघर्ष रुपान्तरण पछि नयाँ आधारमा एकता भएन भने पार्टी फुट्न सक्छ । उनले पार्टीभित्र भएको संघर्षलाई संकेत गर्दै एकतै हुनुपर्छ भन्ने आदर्शवादी भ्रममा नरहन सबैलाई आग्रह गरे ।

जबजलाई निषेध गरेका छैनौं ः प्रचण्डले जनताको बहुदलीय जनवादको विषयलाई प्रवेश गराएर पार्टी एकता भंग गर्न खोजिएको समेत आरोप लगाउनुभयो । ‘एकताका केही आधारहरू बनायौं, वैचारिक ढंगले मार्क्सवाद र लेनिनवादलाई सर्वसम्मत ढंगले मानेका छौं भने राजनीतिक कार्यदिशामा जनताको जनवादलाई मानेका छौं,’ उहाँले भन्नुभयो, ‘समाजवाद उन्मुख जनताको जनवादलाई कार्यदिशा भन्यौं । कता–कता हामी पछाडि फर्किन खोजेका संकेतहरू देखिएका छन् । विभिन्न ठाउँमा महाधिवेशनका निम्ति छलफल ओपन गरिएको छैन ।

जनताको बहुदलीय जनवाद जिन्दावाद भन्यो भने त्यो एकताको पक्षमा उभिएको जस्तो देखिँदैन । तर उहाँले जबजलाई निषेध भने नगरेको बताउनुभयो । ‘कमरेडहरूको ध्यान जान जरुरी छ, जबजलाई निषेध गरेका छैनौं,’ उहाँले भन्नुभयो, ‘बहुदलीय जनवादले खेलेको ऐतिहासिक भूमिकालाई उच्च मूल्यांकन गरिएको छ । माओवादीले खेलेको भूमिकालाई पनि उच्च मूल्यांकन भनिएको छ । यी सबैलाई विकसित र परिमार्जित गर्नुपर्छ ।’ प्रहार न्युजबाट

यो पनि पढनुहोस्