Monday, September 26, 2022

आफूसँग विहे गर्नुपर्ने माग गर्दै प्रेमीको घर अगाडि धर्ना बसिन यी युवती !


YOU MAY LIKE
MGID

काठमान्डौँ । एक प्रेमिका आफ्नो प्रेमिको घरबाहिर धर्नामा बसेकी छन्। प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरको बस्तीमा रहेको डेनिसमन्डाको रसिला नगरमा उनी धर्नामा बसेकी हुन्।

आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताएकी छन्। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताएको उनले बताइन । विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइन। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीले बताइन । तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको उनले बताइन।

आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कु’टपि’ट गरेको ती युवतीले बताएकी छन्। स्रोत अमर उज्याला यो पनि बिवाहपछी पहिलो पटक दयाहांग राई संग आंचल शर्मा 

कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण चलचित्र छायाँकनदेखि प्रदर्शनसम्म ठप्प छ । अझै कति समयसम्म ठप्प हुने होरु टुंगो छैन् । तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायाँकन भने चलिरहेको छ ।  चलचित्रको छायाँकन कहिले शुरु हुने अन्योल हुँदा अहिले चलचित्रका चलेका थुपै कलाकारहरु म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन् । पल शाह, पुष्प खड्का, केकी अधिकारी, स्वस्तिमा खड्का, दयाहाङ राई लगायतका कलाकारले म्युजिक भिडियोको छायाँकन गरेका छन् ।

त्यस्तै, अभिनेत्री आँचल शर्माले पनि म्युजिक भिडियो छायाँकन गरेकी छन् । आँचलले शुक्रबार मिलन चाम्सको निर्देशनमा एक म्युजिक भिडियोको छायाँकन गरेकी छिन्, जुन उनको लकडाउनपछिको मात्र नभई बिहेपछिकै पहिलो भिडियो हो ।

आँचल गत फागुनमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । राजेश पायल राईको स्वर, निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको गीतका राजधानी काठमाडौँ आसपासका विभिन्न स्थानहरुमा छायाँकन सम्पन्न गरिएको निर्देशक चाम्सले जानकारी दिए । भिडियोमा अभिनेता दयाहाङ राई र आँचल शर्माको जोडीलाई दर्शकले हेर्न पाउने छन् ।

दयाहाङ र आँचलको यो पहिलो काम हो । यी दुई कलाकारलाई दर्शकले एउटै फ्रेममा अहिलेसम्म देख्न पाएका थिएनन् । लामो समयपछिको पहिलो काम भएकाले उत्साहित देखिएकी आँचलले दयाहाङसंग काम गर्न सहज भएको बताईन् । आफूले हेरेको पहिलो नेपाली चलचित्र ‘लुट’रहेको र आफूलाई मनपर्ने कलाकारसंग काम गर्न पाउँदा खुसी लागेको आँचलको भनाई थियो ।

दयाहाङ पनि आँचलको कामबाट प्रभावित भएको बताए । भिडियोमा दयाहाङ र आँचल विवाहित जोडीको रुपमा प्रस्तुत हुनेछन्। दयाहाङलाई आर्मी अफिसर (याप्टेन)को भूमिकामा प्रस्तुत गरिएको निर्देशक चाम्स बताउँछन् । दयाहाङ र आँचलको सहकार्य स्किनमा हेर्न दर्शकले भने केही दिन कुर्नुपर्ने हुन्छ । हाम्रा अन्य समाचार पनि पढ्नुहोस् Sorce Tufan Post

यो पनि पढनुहोस्