Saturday, September 24, 2022

श्रीमतीका थिए १४ प्रेमी, जब श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती !


YOU MAY LIKE
MGID

काठमान्डौँ । भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् ।

मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध कानूनी कारवाही गरिने समेत जानकारी दिइएको थियो । १४ व्यक्तिलाई कानूनी नोटिसः भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो ।

त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले । उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तीका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

सय करोड भारु नदिए कानूनी उपचार थाल्नेः नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तीको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’

ड्राइभरलाई जासुस बनाएर जुटाए प्रमाणः यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरु विरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।

मृत्युको १० महिनापछि आयो बाबुको यस्तो इमेल, थामिएन छोरीको आँशु –  लेख्नेहरुले प्रेमको परिभाषा फरक–फरक लेखेका छन्,तर समय–समयमा यस्ता उदाहरण भेटिन्छन् जसले प्रेमको गहिराई र पवित्रतालाई अलग तरिकाले बयान गर्छन् । समाचारअनुसार प्रेमको यस्तै एक उदाहरण फिलिपिन्सको मनिलामा भेटियो । यहाँ, एक महिलाले आफ्नो पिताको मृत्युको १० महिनापछि एक इमेल भेटिन् । यो कुनै सामान्य इमेल थिएन, यसमा बाबु–आमाको २५ औं वैवाहिक वर्षगाँठ मनाउने योजना समावेश थियो ।

इमेलमा थियो योजना – मनिलाकी एलिसा मेन्डोजाका बाबुको मृत्यु १० महिनाअघि भएको थियो । जब उनले भर्खरै मृतक बाबुको एक इमेल फेला पारिन्, तब भावूक भइन् । यसमा २५ औं वैवाहिक वर्षगाठँको खुसी कसरी मनाउने भनेर विस्तृतमा लेखिएको थियो । एलिसाका बाबुले वैवाहिक वर्षगाठँको केही दिनअघि मात्रै छोरीसमक्ष पत्र पुग्नेगरी इमेलको सेटिङ गरेका थिए । अनि, यहाँ लेखिएको योजना पढेपछि आफ्ना बाबुलाई सम्झिएर एलिसाले आँशु थाम्न सकिनन् ।

फूलका लागि अग्रिम रकम – एलिसाका अनुसार उनका पिताले हरेक वर्ष पत्नीको जन्मदिन १९ अगस्ट, भ्यालेन्टाइन डे र वैवाहिक वर्षगाँठ १० जुनका अवसरमा फूल पठाउने व्यवस्था व्यवस्था मिलाएका रहेछन् । उनले एक फूल बिक्रेतालाई केही वर्षसम्मका लागि एडभान्स पेमेन्ट दिइसकेका रहेछन्, ताकि आफ्नो मृत्युपछि पनि श्रीमतीसमक्ष मनपर्ने फूलहरुको गुच्छा पुगोस् ।

पत्नीको रोजाईको रेस्टुरेन्टमा टेबुल बुक – त्यस्तै, एलिसाकी आमाको रोजाईको रेस्टुरेन्टमा २५ औं वैवाहिक वर्षगाँठका लागि उनले टेबुल पनि बुक गरिसकेका रहेछन् । र, यस कुराका पनि ध्यान राखिएको थियो कि यदी कुनै तरिकाले बाहिर जान मन लागेन भने पत्नीलाई मनपर्ने खाना बाहिरबाटै मगाउन सकियोस् । उनले एलिसाकी आमालाई एक चिट्ठी पनि लेखेका रहेछन्, जसमा उनले आफ्नो प्रेम बयान गरेका छन्

सामाजिक सञ्जालमा पोस्ट भाइरल – आफ्ना बाबुको यस मेहिनतलाई एलिसाले खेर जान दिइनन् । उनले वैवाहिक वर्षगाठका दिन अर्थात् १० जूनमा आफ्नी आमालाई पिताको निर्देशन बमोजिम उनको मनपर्ने रेस्टुरेन्टमा लगिन् । उनले ती सबै काम गरिन्, जसको योजना बाबुले बनाएका थिए । अहिले यो पोस्ट फेसबुकमा भाइरल भइरहेको छ । एजेन्सीको सहयोगमा रातोपाटीबाट

यो पनि पढनुहोस्