Saturday, October 1, 2022

काँग्रेस नेता गगनले गरे सभापति लड्ने घोषणा !


YOU MAY LIKE
MGID

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताउनुभएको छ। महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उहाँको भनाइ छ ।

बुधबार बिहान एक रेडियोमा अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गर्नुभयो । ‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उहाँले भन्नुभयो । उहाँले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताउनुभएको हो । ‘यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु । कसैलाई सघाउन पनि सक्छु,’ थापाले भन्नुभयो ।

अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उठाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वाभाविक भएको पनि उहाँले बताउनुभएको हो । आफू पार्टी सभापति भएमा पार्टीका सबै संरचना फेर्ने उहाँले बताउनुभयो । आमचुनावमा पार्टीले हार बेहोरेमा नैतिकताका आधारमा राजीनामा दिने व्यवस्था गर्ने उहाँको भनाइ छ ।

‘पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्छ, यसले नयाँ नेतृत्व आउन मद्दत गर्छ, यदि मेरो नेतृत्वमा २०७९ को आमचुनावमा पार्टी पराजित भए सभापतिबाट म राजीनामा दिन्छु, यसले अर्को सक्षम नेतृत्व आउन सहयोग पुग्छ,’ उउहाँले भन्नुभयो।

कांग्रेस, वैचारिक अलमल र चुनौती – नेपालको राजनीतिक आन्दोलन र नेपाली कांग्रेस पर्यायका रूपमा रहेका छन्। इतिहासमा ठूलो भूमिका निर्वाह गर्ने पार्टी कांग्रेस र त्यसका कार्यकर्ता अचेल सुस्ताएका देखिन्छन्। यद्यपि आन्दोलनका रूपमा परिवर्तन भए पनि औचित्य सकिएको छैन।

बीपी कोइराला जसले विचार र कार्यक्रममार्फत देशलाई प्रजातन्त्रको बाटोमा उभ्याउन सफल भए, जसले नेपालको स्वाभिमान कहिल्यै निहुरिन दिएनन्। उनले नै पार्टीलाई प्रजातान्त्रिक समाजवादको सिद्धान्तको जगमा स्थापित गराए। आज त्यही कांग्रेससँग सिद्धान्त र कार्यक्रमबीच ठूलो अन्तर भएको देखिन्छ। कार्यकर्ताहरू सिद्धान्त र कार्यक्रमबीचको कार्यान्वयनमा अन्योलको स्थितिमा रहेका देखिन्छन्। विचारप्रधान हुनुपर्ने पार्टी व्यक्तिप्रधान बन्दै गइरहेको छ।

विश्वमा जताततै लोकतान्त्रिक आधारका सरकारहरू बनिरहेका बेला नेपालमा भने यो पार्टीले सत्ता मात्र गुमाएन, संसद्मा आफूलाई सानो आकारमा सीमित पार्‍यो। यो पार्टी नेतृत्वमाथिको मूल्यांकनको विषय र अवस्था मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको भविष्यमाथि संकटको अवस्था पनि हो। यस अवस्थालाई पार्टीले गम्भीररूपमा समीक्षा गर्ने गरेको देखिएन। फगत सामान्य झारा टार्ने र आरोप-प्रत्यारोपमै सीमित रह्यो।

यो यथार्थ हो कि समग्र राजनीतिले देशको आर्थिक, सामाजिक सांस्कृतिक एवं अन्य आयाम चलायमान बनाउँछ र राजनीतिक नेतृत्व भनेको देशको सफलता एवं असफलताको कारक एवम् मानक पनि हो। अहिलेको पृष्ठभूमिमा कांग्रेसभित्र ठूलो समूह होइन, ससाना समूहको झुण्ड छ, जोसँग समाजवादी नेतृत्व, चिन्तन एवम् विचारधाराभन्दा व्यक्तिगत स्वार्थ, मनमुटाव, टकरावबाहेक अरू खासै केही पाइँदैन।

केही नेताहरू त पारिवारिक सौर्यलाई आफ्नो सामथ्र्य हो भनी सार्वजनिक रूपमा नेतृत्वको दाबी गरिरहेको देखिन्छ। त्यसबाहेक आफ्नो कार्यशैली, दक्षता, क्षमताका रूपमा होइन, केवल पुरानो विरासतलाई वर्तमान अधिकारको उत्तराधिकारी हुनुपर्ने जिकिर गर्दै आएको देखिन्छ। त्यो भनेको पार्टीलाई अरू कमजोर र तदर्थवादमा अलमल्याउनुका साथै कार्यकर्तालाई दिशाविहीन यात्रामा परिणत गराउनु हो।

गाउँघरमा यस पार्टीका क्रियाकलाप कि त सुस्त र प्रभावहीन छन् कि त गुट-उपगुटको टकरावमा जुधिरहेका छन्। प्रशिक्षण कार्यक्रम खासै हुँदैनन्। भए पनि अर्थशास्त्री र राजनीतिशास्त्रीको संलग्नता धेरै न्यून छ, जसका कारण प्रभावकारी प्रशिक्षण हुन सकिरहेका छैनन्।

त्यो प्रशिक्षण लोकतन्त्र र समाजवादी दृष्टिकोणबारेको बृहत् खाकासहितको हुनुपर्नेमा त्यसरी हुन गइरहेको देखिँदैन। पार्टीको सदस्यता नवीकरण र रेकर्ड व्यवस्थित त छैनन् नै, केही गरी सदस्यता पाउनुपर्‍यो भने नेताहरूको गुटले तय गर्छ कि ऊ कुन गुटको हो र सदस्यता दिँदा आफूलाई फाइदा वा बेफाइदा के हुन्छ। कार्यकर्ताको योग्यताको कदर कम हुँदै गएको तर यो पनि चुनावमा मात्र बढी सरोकार राख्ने गरिन्छ। तर पनि यो पार्टीले बृहत् लोकतान्त्रिक मूल्यमान्यता अँगालेका कारण जनताको अपेक्षा ठूलो छ।

अन्तर्राष्ट्रिय लोकतान्त्रिक आन्दोलनलाई अझ प्रभावकारी र राष्ट्रिय विकासमा यसको घनीभूत उपयोगलाई सार्थकता दिनका लागि पनि कांग्रेसको भूमिका अभैm धेरै गुणाले बढ्नुपर्ने अवस्था छ। यसलाई कांग्रेस स्वयम्ले छलफल र समीक्षाको विषय बनाउनुपर्नेमा दुःखसाथ भन्नुपर्छ। त्यसका लागि कांग्रेस चिन्तित र जिम्मेवार बनेको देखिँदैन।

अहिले देशमा नेकपाको करिब दुईतिहाइको सरकार छ। त्यस पार्टीभित्र एउटा जनयुद्धकालीन र अर्को बहुदलीय जनआन्दोलनको पथ गरी दुई मुख्य वैचारिक धार छन्। न उनीहरू चिनियाँ मोडलका रूपमा अगाडि बढ्न सकेका छन् न त उत्तर कोरियाको मोडलमा हिँड्ने क्षमता राख्छन्। केवल सत्ता स्वार्थको कारण एक भएको नेकपा अहिले फुटको सँघारमा छ। यद्यपि कुनै पनि पार्टी फुट्ने कुरा देशको सुन्दर भविष्यका लागि घातक नै हो। तर पनि वैचारिक बेमेल कार्यदिशाको अलमल र क्षणिक स्वार्थमा पार्टीहरू जुट्ने र फुट्ने गरिरहन्छन्।

नेपालमा यस्ता घटना त सामान्य नै भइरहेका छन्। विगतमा फुटको अवस्थाबाट सिकार भएको कांग्रेस यतिखेर हाँस न बकुल्लाको चालको गतिमा छ। देशमा कोभिड- १९ को संक्रमणका बीच भएको भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन नसक्नु, भ्रष्टाचारको अडियो टेपहरू बाहिरिँदा पनि सडक र सदन तताउन नसक्नु, सरकारका अधिकांश क्रियाकलाप शंकाको घेरामा रहँदासमेत त्यसविरुद्ध आवाज बुलन्द नगरी केवल विज्ञप्ति निकाल्न मात्र अग्रसर हुन्छ भने यो पार्टीको भूमिकालाई कसरी मूल्यांकन गर्ने ? भ्रष्टाचरविरुद्धको लडाइँ सशक्त बनाउने हो भने पनि पार्टीको भूमिका उपलब्धिमूलक देखिनेछ।

हो, सत्ता सबै पार्टीका लागि महत्वपूर्ण साधन हो। यसमा विमति छैन। तर त्यसको प्रयोग सदैव जनहितमा मात्र हुनुपर्छ भन्ने मान्यता राजनीतिक दर्शनले बोकेको हुन्छ। अहिले कांग्रेसको भूमिका भनेको सशक्त प्रतिपक्षमा केन्द्रित हुनु हो। सत्ताकै लागि मात्रै र्‍याल चुहायो भने पार्टी अझ कमजोर र आलोचितबाहेक अरू केही हुने छैन। तसर्थ आफ्ना नीति र कार्यक्रम जनतामार्फत पुर्‍याउँदै सत्ताको दुरुपयोग गर्नेविरुद्ध अथवा सत्ता स्वार्थले गरिएका क्रियाकलापविरुद्ध सशक्त प्रतिकार गर्दै जनतासमक्ष जान सक्नुपर्छ।

मास पार्टी भएका कारण जनतासमक्ष आफ्ना विचारहरू सशक्त बनाउन सकिएन भने लोकतान्त्रिक आन्दोलनको भविष्यमाथि धक्का लाग्नेछ। देशमा अझै कठोर राजनीतिक पद्धतिलाई मलजल पुग्नेछ। यसबाट बाह्य देशसँगको सम्बन्धमा समेत उचारचढाव आई नेपाललाई हेर्ने बाह्य चस्मामा समेत फरकपना आउनेछ र नेपालले आर्जन गरेको अन्तर्राष्ट्रिय साखमा क्षयीकरण हुन जानेछ।

यस पार्टीका विभिन्न भ्रातृ संगठनका क्रियाकलाप कर्मकाण्डी छन् कि प्रभावहीन भएका देखिन्छन्। नेतृत्व भने आपूmमातहतको समूह निर्माणमा तल्लीन रहेको भान हुन्छ। न उनीहरूबाट समाजमा पार्टीको छविलाई सशक्त बनाउने भूमिका भएको छ न त आफ्नै संगठनलाई बलियो, गतिशील र प्रभावकारी बनाउने भूमिकामा छन्। यसले पार्टीलाई लोकतान्त्रिक मूल्यमान्यताको धरोहरमा स्थापित गर्नुको सट्टा आत्मकेन्द्रित स्वार्थी समूहको झुण्डका रूपमा रूपान्तरण गर्ने माध्यम मात्र बन्ने छन्।

कांग्रेसभित्र आदर्शवान्, विद्वान्, त्यागी नेताहरूको अहिले पनि ठूलो संख्या छ। तर यो पनि सत्य हो कि त्यस्ता आदर्शवान् त्यागी नेताहरू पार्टी नेतृत्वको अवसरबाट टाढै छन् र पार्टीको क्रियाकलापदेखि वितृष्णा भई पार्टीसँग सन्निकट भएका देखिँदैनन्। तर पनि यो पार्टीभित्र एउटा युवापंक्ति सशक्त हुँदै आएको देखिन्छ।

जस्तै- गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेलजस्ता धेरै युवा नेताको गर्जनले पार्टीप्रति अझै आशा जागृत नै भएको देखिन्छ। यो आशा देशको उज्ज्वल भविष्यसँग जोडिएको छ। एउटा कुरा युवा पंक्तिहरूमा के स्पष्टता हुनुपर्छ भन्ने कुनै झुण्ड र गुटका पछाडि हैन, समग्र सामाजिक र राजनीतिक क्षेत्रमा केन्द्रित भई समाज रूपान्तरणका विषयमा केन्द्रित हुनुपर्छ।

पार्टीमा हिजोको बलिदानी र योगदान गरेको नेतृत्वलाई सम्मान गर्दै आफ्नो भूमिका सशक्त बनाउनु सक्नुपर्छ। अरूको अपमान गरेर होइन, आफ्नो भूमिका प्रभावकारी बनाएर मात्र लोकप्रियतामा अझ निखार आउने छ। युवाहरूको गतिविधि गाउँ÷नगरहरूमा समानरूपले अगाडि बढाउन सक्नुपर्छ, जुन राजधानी र सदरमुकाम केन्द्रित भएको देखिन्छ।

कांग्रेसभित्र देखिएको ठूलो चुनौती भनेको नेतृत्व तहदेखि कार्यकर्तासम्म देखिएको अनुशासन आएको कमी र दण्डहीनताको अवस्था हो। यो स्थिति बढ्दै गएमा भविष्यमा कसैले कसैलाई स्विकार्न नसक्ने, सम्मान दिन नसक्ने र पार्टीको गरिमा गिराउने अवस्थाबाहेक अरू हुनै सक्दैन। पार्टीका भ्रातृ संगठनहरू केन्द्रमुखी हुने र गुटको जगेर्ना गर्न तल्लीन हुनुले यो पार्टीका लागि गम्भीर चुनौती बनेको छ।

समग्र केन्द्रीय नेतृत्वले आत्मसमीक्षा गर्दै भ्रातृ संगठनलाई चलायमान बनाउन सक्नुपर्छ र अधिवेशनबाटै नेतृत्व चयन निर्धारित समयसीमामै हुने सुनिश्चितता हुनुपर्र्छ। त्यति मात्र होइन, पार्टी नेतृत्वले सम्मानजनक रूपमा युवा पुस्तालाई अगाडि बढाउने सोच र नीति बनाउनुपर्छ।

युवा पुस्ता पनि व्यक्तिको पछि आशा गरी बस्नुभन्दा आफ्नो भूमिका बढाउँदै नेतृत्व गर्ने हिम्मत बढाउनुपर्छ। अनि पार्टीले सुशासन र समसामयिक विषयमा ठोस क्रियाकलाप र कार्यक्रम थप प्रभावकारी र सशक्त बनाउनु सक्नुपर्छ, जुन अहिले प्रभावकारी हुन सकेको देखिँदैन। पार्टीको आम्दानी र खर्च पारदर्शी भएन भने लोकतान्त्रिक पार्टी हुनुको कुनै औचित्यता पनि रहँदैन र यस पार्टीका लाखौंलाख समर्थकको सोच पनि यस्तै रहेको पाइन्छ।

पार्टीले प्रशिक्षण विभाग त बनायो, तर प्रशिक्षण दिने खालका विज्ञहरू जुन राजनीतिशास्त्री, समाजशास्त्री र अर्थशास्त्रीको व्यापक संलग्नता हुनु पर्नेमा गुटको भागबन्डाका व्यक्तिहरूको संलग्नता गराइयो, जुन अहिले प्रभावकारी नै बन्न सकिरहेको छैन। यद्यपि यी सुझाव सामान्य नागरिक एवं शुभचिन्तकका रूपमा व्यक्त गरिएका र सुनिँदै आएका हुन्। आगे पार्टीको जो मर्जी। अन्नपुर्णपोष्ट बाट

यो पनि पढनुहोस्